बिघटनको दिवासपना नदेख !



राजनैतिक दल निर्माण र संचालन एक वैज्ञानिक प्रक्रिया हो। एउटा दल दैनिक निर्माण र विघटनको द्वन्द्वबाट, गति र स्थितीको द्वन्द्वबाट संचालित हुन्छ। हरेक गतिशील पार्टी आंशिक बिघटन र आंशिक निर्माणको प्रक्रियाबाट गुज्रिरहेको हुन्छ; ठिक त्यसरी जसरी तीब्र गतिमा उडिरहेको रकेटले उचाई बढ्दै जॉदा आफ्ना ससाना अंशहरु पनि छोड्दै गइरहेको हुन्छ।

जसरी अंगहरुको बिघटनबाट रकेटमा गति वा गन्तव्यसंगको निकटता बढिरहेको हुन्छ, पार्टी पनि पुराना, कमसल र obsolete पक्षहरु बिघटन गरेर नविकृत र सक्षम भइरहेको हुन्छ । यो आम नियम हो ।

पार्टी बैठकमा यहि गहिराई सहित पूर्ण सकारात्मक दृष्टिकोणसाथ अध्यक्ष प्रचण्डले पेश गर्नु भएको वैज्ञानिक तर्कलाई केहीले अन्यथा अर्थ लगाएको देखियो, जुन सरासर बेईमानी मात्र हो।

दुनियाका सबै प्रतिक्रियावादि गुटहरु मिलेर तपस्या गरे पनि माओवादी आन्दोलन जनताका बीचबाट बिघटन हुंदैन । हरेक माओवादी अन्तिम क्षणसम्म अधिकार र प्रगतिको लागि लडिरहन्छ। बिघटनको दिवासपना नदेख !

प्रतिक्रिया दिनुहोस्