गुड लाउछन् गौथली,सर्दी मेटाउने मन्थली



रामेकोछाप हो जिल्ला रामेछाप, आकार छ हलो
बहुजाति बहुभाषीले सज्जित, त्रिपुरुषको थलो
निहाल निष्पाप छन् बासीहरु.चाहन्छन सबको भलो 
हिरा माथि फलाम खेति, गर्ने हाम्रो थलो

अनल खड्का

सुनकोशी तामाकोशी नागबेली हिडाएको छ
जग्गेबाट अन्माएकि बेहुली झैँ सिन्घारिएको छ
आहा कति राम्री साली भनि जन्तीहरु जिस्काईरहेको छ
ती वारिपारी हिमालीसाली सेतादातले मिस्काईरहेको छ

हिमाली लेकबाट बेसी झरी,गुड लाउछन् गौथली
प्रकृतिले दिएको छ,सर्दी मेटाउने मन्थली

ठोसेमा फलाम खानी ,बम्तिमा रानी
शैलुङमा हावा ,डोक्मामा पानी
बनाऊ मिलिजुली रामेछाप बागवानी
अबश्य बन्छ पर्यटकीय गन्तब्य को खानी …

प्रतिक्रिया दिनुहोस्