इन्द योञ्जन तामाङको सेलो गीति एल्बम ‘मेरो मन’ बजारमा



नव गायक इन्द योञ्जन तामाङको सेलो तथा आधुनिक गीति एल्बम ‘मेरो मन’ विमोचन सम्पन्न भएको छ। रामेछापको सुनपति गाउँपालिका–४ मा बाबा काइला योन्जन र आमा फुलमाया तामाङको कोखबाट जन्मेका योञ्जन विगत तीन बर्षदेखि कुवेतमा कार्यरत छन।

भक्तपुर तामाङ कलाकार संघका अध्यक्ष गायक शुक्र लामा दोङको प्रमुख आतिथ्यमा बिमोचन गरिएको हो। मोडल तथा भि.जे. कर्मा लामाले सञ्चालन गरेको कार्यक्रममा गायकहरु राजकुमार तामाङ , अभिषेक तामाङ , श्याम पाख्रीन, निमा दोङ, बिरेन्द्र दोङ, कुमार तामाङ, रोम दोङ, अग्निसा लामा, सेन्स योन्जन, हावा लामा, गितकार सुर्य योन्जन तामाङ, अर्जुन पुर्बेली, सम्झना बम्जन, मोडल सुनिता दोङ, सिम्रान पौडेल, मोडल राहुल मोक्तान, अनिल राज, संचारकर्मि मोहन दोङ ,फोटोग्राफर बिकास देव लामा लगायतको उपस्थिति रहेको थियो ।

बाल्यकालदेखि नै गीत संगीतमा रुचि राख्ने योञ्जनले यो पहिलो एल्बम “मेरो मन” बजारमा ल्याएका हुन् । उनी नेपाल तामाङ घेदुङ कुवेत शाखाका सक्रिय कलाकार सदस्य पनि हुन। नेपालका सांगीतिक आकाशमा उदयमान नव कलाकारहरु र नेपाली तारा सिजन थ्रीका टप थ्रीसम्म पुग्न सफल गायक सुरेश लामा, बिशाल काल्तान, राजकुमार तामाङ सहितले “मेरो मन”मा संगीत दिएका छन।

पाँच ओटा गीत समेटिएको उक्त एल्बमको गीतहरु “फापार पिन्ने” कुमार बल, “हिँड्छु म त” अर्जुन पुर्वेली, “मेरो मन” सम्झना बम्जन, “जिन्दगिमा आयो” बिक्रम पवन र “सुख दिनुभन्दा” देवबाबु वाइबाले शब्द संकलन गरेका हुन।

जसमध्ये तीनवटा गीतहरु जिन्दगीमा आयौ, सुख दिनुभन्दा र हिड्छु म त मा गायक तथा सङ्गीतकार राज कुमार तामाङले सङ्गीत भरेका छन। त्यसैगरी फापर पिन्नेमा गायक एवं सङ्गीतकार विशाल काल्तान र मेरो मनमा नेपाली तारा सिजन थ्री टप थ्री पुग्न सफल सुरेश लामाको सङ्गीत रहेको छ।

यी पाँच वटै गीतमा भोकल भने इन्दले नै दिएका छन। पर्पल भ्वाइस आफ्नै स्टुडियोमा रेकर्डिङ गरिएको उक्त एल्बमको उत्पादन तथा वितरण श्री म्युजिक प्रालिले गरेको हो।

प्रतिक्रिया दिनुहोस्