दोरम्बामा २१ जना शहीदहरुको सालिक स्थापना गछौंःअध्यक्ष मोक्तान



दोरम्बा हत्याकाण्ड घटाइएको १४ बर्ष पूरा भएको छ । २०६० साल साउन ३२ गते अर्थात आजकै दिन तत्कालिन शाही नेपाली सेनाले माओवादीका तत्कालिन जिल्ला जनसरकार प्रमुख बाबुराम लामा सहित २१ जनलाई सामुहिक हत्या गरेको थियो । युद्धविरामको समयमा बैठक बसिरहेको घरबाट पक्राउ गरेर डाँडाकटेरीमा लगेर हत्या गरेको थियो ।
दोरम्बा हत्याकाण्डकै कारण सरकार र माओवादीबीच दोस्रो चरणको वार्तासमेत भंग भएको थियो । दोरम्बा हत्याकाण्ड राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा निकै चर्चाको विषय बनेको छ । तर स्थानीय रुपमा भने भौतिक संरचनामा भने हुन सकेको छैन् । स्थानीय तहको पुनर्संरचना गर्दा ऐतिहासिक दोरम्बा घटनाकै कारण दोरम्बा गाउँपालिका नामाकरण गरिएको छ ।
स्थानीय तहको निर्वाच्नमा दोरम्बा गाउँपालिकामा माओवादी केन्द्रले विजयी हासिल गरेको छ । दोरम्बा हत्याकाण्ड भएको लामो समय वितिसक्दा समेत डाँडाकटेरीलाई अपेक्षा अनुसार विकास गर्न सकिएको छैन् । शहीद स्मारक पार्क बनेपनि सालिक निर्माणको काम हुन सकेको छैन् । लामो समय वितिसक्दा समेत दोरम्बाको डाँडाकटेरीको विकास किन हुन सकेन ? गाउँपालिकाको योजना के छ ? भन्ने लगायतका विषयमा दोरम्बा गाउँपालिका अध्यक्ष कमानसिंह मोक्तानसँग रामेछाप न्युजले गरेको कुराकानीः–

कमानसिंह मोक्तान अध्यक्ष, दोरम्बा गाउँपालिका

दोरम्बाको डाँडाकटेरीलाई पाँच बर्षभित्र युद्ध पर्यटन गन्तव्य
रामेछापको दोरम्बामा हत्याकाण्ड आज पनि राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा चर्चामा छ । दोरम्बास्थित डाँडाकटेरीमा युद्धविरामको अवधिमा घटाइएको घटनाको कारण पार्टीलाई ठूलो क्षति पुर्यायो । बाहिर दोरम्बा हत्याकाण्डको बारेमा जति चर्चा छ । स्थानीय रुपमा चर्चाको विषय बनाउन हामीले सकेका छैनौ ।
इतिहासको सम्मान गर्न दोरम्बा गाउँपालिका
अहिलेको परिवर्तन ल्याउनको लागि दोरम्बामा बगेको रगतको ठूलो साइनो जोडिएको छ । सिंहदरवारको अधिकार गाउँगाउँमा ल्याउनको लागि दोरम्बामा सहादत दिनुभएका शहीदहरुको ठूलो योगदान छ । पार्टी केन्द्रले जसरी दोरम्बा हत्याकाण्डलाई लिनुपर्ने थियो त्यसरी नलिएको हो कि ? इतिहासको सम्मान गर्नको लागि गाउँपालिकाको नाम पनि दोरम्बा गाउँपालिका राखिएको छ ।
हाम्रो पार्टीले गाउँपालिकामा वित पनि हासिल गरेको छ । शहीदहरुले देखाएको सपना अनुसार नै हामी अगाडि बढेका छौं । जनतालाई अधिकार सम्पन्न बनाउन सिंहदरवारको अधिकार गाउँगाउँमा ल्याउन सफल भएका छौं ।
शहीद स्मारकमा २१ ज्नाको सालिक स्थापना गछौं
शान्ति प्रक्रियामा आएपछि सरकारले नै लगानी गरेर दोरम्बाको डाँडाकटेरीमा शहीद स्मारक निर्माण भएको छ । शहीद प्रतिष्ठान बनाएर गुरु योजना निर्माण गरेर काम गर्नु पर्ने त्यसो हुन सकेको छैन् । विगतमा सरकारले जे जति लगानी गर्यो त्यो सबै उपभोक्ता समिति मार्फत मात्र भयो । अहिले पर्खाल लगाउने र स्मारक निर्माणको केही काम भएको छ । तर सम्पन्न भएको छैन् । अब दोरम्बाको डाँडाकटेरीलाई हेर्न लायकको ठाउँ बनाउछौं । स्मारक निर्माणको लागि शहीद प्रतिष्ठान निर्माण गर्ने, स्मारक निर्माणको लागि डाँडाकटेरीमा जग्गा खरिद गर्ने र डाँडाकटेरीमा सहादत हुनुभएका २१ जना शहीदहरुको अर्धकदको शालिक स्थापना गर्ने योजना छ । डाँडाटेरीमा पार्क, प्रतिक्षालय सहितको जनयुद्धको समयमा घटेको घटनाको अध्ययन केन्द्रको रुपमा समेत विकास गर्ने सोच बनाएका छौं ।
चुलाचुलीमा बनाएको बाबुरामको सालिक पूर्व सभासदको घरमा
शान्ति प्रक्रियामा आएपछि म पहिलो डिभिजन चुलाचुलीमा थिए । चुलाचुलीमा हुँदा एक जना साथीले सालिक बनाउने काम गरेको देखेपछि मैले पनि दोरम्बामा शहीद हुनुभएकाहरुको शालिक बनाउने योजना अगाडि बढाएको थिए । घटनामा शहीद हुनुभएकाहरुको फोटो सकंलन गरेर रामेछापबाट विभिन्न डिभिजनमा रहेका जनमुक्ति सेनाबाट पैसा उठाएर भए पनि दोरम्बामा शहीदहरुको शालिक राख्ने योजना मेरो पहलमा अगाडि बढेको थियो । मेरो सक्रियतामा बाबुराम लामा, ललिता दाहाल, ठूलोराम र चतुरमान थामीको अर्धकद शालिक कुदिएको थियो । त्यो बीचमा पार्टी फुट्यो । त्यसको असर क्यापमा पनि पर्यो । दोरम्बामा शालिक स्थापना गर्न जिल्ला पार्टीले पनि खासै भूमिका खेलेन । चार वटा शालिक म एकै जनाले ल्याउने कुरा सम्भव भएन । आर्थिक सहयोग पनि जुटन सकेन । बाबुराम लामाको हकमा भने मैले व्यक्तिगत पैसा तिरेर नै क्याम्पबाट बाहिरिदा सँगै लिएर आए । मासिक तीन हजार रुपैयाँ जम्मा गरेर १७ हजार रुपैया तिरेर बाबुरामको शालिक काठमाडौंसम्म ल्याए पनि दोरम्बा पुर्याउन सकिएको छैन् । आर्थिक अभावको कारण त्यति बेलादेखि नै बाबुरामको शालिक पूर्व सभापति डिल्लीमानको निवासमा राखिएको र अहिले पनि त्यही छ ।
मैले पार्टीले केही नगरे पनि व्यक्तिग खर्च गरेर भएपनि बेथानको जोम्सामा शालिक स्थापना गर्ने सोचेको थिए । अहिले म दोरम्बा गाउँपालिको अध्यक्ष भएकाले अब सबै शहीदहरको सालिक दोरम्बाको डाँडाकटेरीमा स्थापना हुन्छ ।
शहीदहरुले दिएको बलिदानको सम्मान गर्नुपर्छ
पार्टी केन्द्रले दोरम्बा हत्याकाण्डलाई महत्व दिएर हेरेको देखिदैन । कस्तो बनाउने ? कहिले बनाउने ? के भइरहेको छ ? के गर्ने भन्ने विषयमा छलफल भएको पाइदैन । शहीदहरुले देखाएको बाटोमा हिडनु हामी सबैको काम हो । शहीदहरुको बलिदानको मुल्याङकन गर्नुपर्छ ।

 

प्रतिक्रिया दिनुहोस्