नाकालाई व्यवस्थित बनाउन गृह राज्यमन्त्री श्रेष्ठको निर्देशन



१ असोज, बाँके ।

गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले नाकालाई व्यवस्थित बनाउन सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् । आइतवार बाँके जिल्लाको जमुना नाकाको निरीक्षण गर्दै उनले नाकालाई व्यवस्थित बनाउन निर्देशन दिएका हुन् ।

प्रमुख जिल्ला अधिकारी, अञ्चल प्रमुख प्रमुख सहितका कार्यालयका प्रमुखहरुलाई गृह राज्यमन्त्री श्रेष्ठले चाडपर्वको समयमा भारतबाट स्वदेश आउने क्रममा बाटोमा नेपाली ठगिन नदिने प्रभावकारी कदम चाल्न निर्देशन दिए ।

‘खुल्ला सीमाना भएको कारण सुरक्षा संवेदनशितालाई ख्याल गर्नुपर्छ’, गृहराज्य मन्त्री श्रेष्ठ निर्देशन दिदै भने,‘रोजगारीको शिलसिलामा भारतबाट दशै मान्ने स्वदेश फर्कने क्रममा नेपालीहरु गठिने गरेको घटनाहरु छन, गम्भीरताको साथ ठगिनबाट जोगाउन प्रभावकारी काम गर्नुहोस ।’ नाका हुदै स्वदेश प्रवेश गर्नेहरुको रेकर्ड व्यवस्थित गर्न निर्देशन दिदै उनले सुरक्षा निकाय सचेत हुनुपर्ने बताए ।

राज्यसँग भएको सीमित स्रोत र साधनलाई अधिकतम रुपमा प्रयोग गर्नुपर्ने बताउदै गृह राज्यमन्त्री श्रेष्ठले स्रोत र साधनको अधिकतम प्रयोग गर्ने हो भने परिणाम आउने बताए । जनतालाई पहिलो प्राथमिकता दिएर काम गर्न निर्देशन दिदै उनले सुरक्षाको प्रत्याभूति दिलाउने गरी काम गर्न निर्देशन दिए । चाडपर्वको बेला हुन सक्ने लुटपाट, ठगी र चोरीको घटना नियन्त्रण गर्न गृहराज्य मन्त्री श्रेष्ठले सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिए ।

 

प्रतिक्रिया दिनुहोस्