विजयादशमीको अवसरमा गृह राज्यमन्त्री श्रेष्ठद्धारा शुभकामना व्यक्त



११ असोज, काठमाडौं ।

गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले विजयादशमी अवसरमा सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले राष्ट्रको निरन्तर समुन्नती, समृद्धिका साथै स्वदेश÷विदेशमा रहनु भएका समस्त नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, सु–सुवास्थ्य, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको हो ।
गृह राज्यमन्त्री श्रेष्ठद्धारा जारी विज्ञप्तीमा देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक र भौगोलिक विवधतायुक्त धर्मनिरपेक्ष राष्ट्र भएको बताउदै संविधानले सबै धर्म संस्कृतिका समुदायलाई आफ्नो धर्म संस्कृतिको संरक्षण एवम् सम्बद्र्धन गर्न पाउने अधिकार प्रत्याभूत गरेको बताउनुभएको छ । विविधता बीचको एकता नै हामी नेपालीको साझा पहिचान हो, श्रेष्ठले भन्नुभएको छ ।

साझा कार्यभारको रुपमा रहेको संविधान कार्यान्वयनको काम अपेक्षाकृत रुपमा अगाडि बढिरहेको उल्लेख गर्दै ऐतिहासिक संविधानसभाबाट संविधान जारी भएपछि सरकारले संविधान कार्यान्वयन अन्तर्गत स्थानीय तहको निर्वाचन सम्पन्न गराउदैस्थानीय तहको निर्वाचन मार्फत सिंहदरवारको अधिकार स्थानीय तहहरुमा पुगिसकेको बताउनुभएको छ ।

गृह राज्यमन्त्री श्रेष्ठद्धारा जारी विज्ञप्तीमा भनिएको छ,‘सरकारले आगामी मंसिर १० र २१ गते एकै पटक तर दुई चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन घोषणा गरी आवश्यक तयारी थालेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएपछि लामो समयदेखिको राजनीतिक संक्रमणकाल पूर्ण रुपमा अन्त्य हुनुको साथै देश आर्थिक समृद्धि र दिगो विकासको बाटोमा अगाडि बढ्ने छ ।’
निर्धारित समयमा नै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन स्वतन्त्र, धाँधलीरहित र भयमुक्त वातावरणमा सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको बताउदै उहाँले संविधान कार्यान्वयन, देशको सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता र नेपाली जनताको स्वतन्त्रतालाई अझै बलियो बनाउने सरकारको कार्यभार रहेको बताउनुभएको छ ।
गृह मन्त्रालयले ‘जवाफदेही गृह प्रशासनः शान्ति सुरक्षा र सुशासन’ भन्ने नारालाई आत्मसाथ गर्दै कार्यान्वयनमा दृढताको साथ लागि परेको छ, उहाँद्धारा जारी विज्ञप्तीमा भनिएको छ, चाडपर्वको समयमा समाजमा हुन सक्ने गलत क्रियाकलाप रोक्नको लागि ‘प्रहरी हाम्रो टोलमा’ भन्ने अभियानलाई अगाडि बढाउनुको साथै ृह मन्त्रालय नागरिकहरुको जीउधनको सुरक्षा, सुशासनशान्ति, सुव्यवस्था र अमनचयन कायम गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।
नेपाली जनताको एकतालाई झन बलियो बनाउदै आपसी संवाद, सहमति, सहकार्यको माध्यमबाट अगाडि बढन सम्पूर्ण नेपालीहरुलाई विजयीदशमीको अवसरमा शुभकामना व्यक्त गर्दछु, विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्