रामेछापमा करेन्ट लागेर घाइते भएका दुई जनाको निधन



१५ असोज, काठमाडौं ।
रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका–६ लखनपुरमा करेन्ट लागेर घाइते भएका दुई जनाको निधन भएको छ । आइतवार आठ बजे हाइभोल्टेजको करेन्ट आउदा दोरम्बा गाउँपालिका–६ लखनपुरमा गम्भीर घाइते भएका तीन जना मध्ये दुई जनाको निधन भएको हो ।
रामेछापबाट थप उपचारको लागि काठमाडौंको ग्राण्डि अस्पतालमा उपचारत दोरम्बा गाउँपालिका–६ का टिकामाया गौतम र उनका छोरा लालबहादुर गौतमको निधन भएको अस्पतालले बताएको छ । गम्भीर घाइते भएको ज्ञानबहादुर बस्नेतको अवस्थामा भने सुधार हुँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्