करेन्टबाट निधन भएका परिवारले पाँच लाख क्षतिपूर्ति पाउने



१५ असोज, रामेछाप ।
रामेछापको दोरम्बा गाउँपालिका–६ लखनपुरमा करेन्ट लागेर निधन भएका दुई जनाको परिवारलाई सरकारले पाँच लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने भएको छ । आइतवार हाइभोल्टेजको करेन्टको कारण दोरम्बा गाउँपालिका–६ की ७२ बर्षिय टिकामाया गौतम र उनका छोरा लालबहादुर गौतमको निधन भएको थियो ।
जिल्ला प्रशासन कार्यालय रामेछापले मृतृकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनको लागि गृह मन्त्रालयमा पत्राचार गरेको छ । रामेछापका प्रजिअ दिलिप्रसाद लामेछानेले लखनपुरमा करेन्टबाट मृत्यु भएका परिवारलाई पाँच लाख रुपैयाँ प्रदान गर्न सिफारिस गरेको बताउदै घाइतेहरुको उपचार पनि सरकारले नै गर्ने बताए ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मृतकका परिवारले क्षतिपूर्ति पाउने बताए । विद्युत प्राधिकरणकै कारण दुर्घटना भएकाले क्षतिपूर्ति पनि प्राधिकरणले नै व्यहोर्ने भएको विद्युत प्राधिकरण रामेछाप शाखाका प्रमुख विनोद अधिकारीले रामेछाप न्युजलाई बताए ।

प्रतिक्रिया दिनुहोस्