सुनापति गाउँपालिकाको हिलेदेवीमा सांस्कृतिक कार्यक्रम हुँदै



१५ असोज, रामेछाप ।
रामेछाप जिल्लाको सुनापति गाउँपालिका–३ हिलेदवीस्थित डोक्मामा वृहत्त सांस्कृतिक कार्यक्रम हुने भएको छ । कला र संस्कृतिको संरक्षण गर्ने उदेश्यले सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो ।
नयाँ नेपाल नयाँ युवा विकास सेवा समाज संस्थाको आयोजनामा हुन लागेको सांस्कृतिक कार्यक्रममा चर्चित गायक रोज मोक्तान, अभिषेक तामाङ, विजयी लामा, जगत घिसिङ लगायतको सहभागीता हुनेछ । कार्यक्रममा मोडल सृजना तामाङ सहितका कलाकारहरुको प्रस्तुती रहनेछ । कला र संस्कृतिको संरक्षण गर्ने उदेश्यको साथ सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको समाज सेवा संस्थाका अध्यक्ष रुपेश मोक्तानले बताए ।


हिलेदेवीको लामा टोल स्कुलको प्राङ्गनमा हुने सांस्कृतिक कार्यक्रममा प्रवेश निशुल्क रहेको मोक्तानले जानकारी दिए । कार्यक्रमको लागि साउण्ड सिस्टम लगायतका प्राविधिक सामाग्री सबै राजधानी काठमाडौ ल्याइएको छ । समाजले यस अघि पनि दशैको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम गर्दै आएको छ ।
कलाकार रोज मोक्ताले आफ्नो गृह जिल्लामा हुने कार्यक्रममा सहभागी हुन पाउदा खुसी लागेको बताए । उनले रामेछाप न्युजसँग भने,‘कला र संस्कृतिको संरक्षण गर्नु कलाकारको कर्तव्य हो, सांस्कृतिक कार्यक्रमले कलाको संरक्षणसँगै सदभाव र भाइचार पनि बढाउछ ।’ कलाकार मोक्ताले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु हुनु पर्नेमा जोड दिए ।

आयोजकका अनुसार सांस्कृतिक कायृक्रममा सुनापति गाउँपालिका, दोरम्बा गाउँपालिका, खाँडादेवी गाउँपालिका लगायतका क्षेत्रबाट गरी झण्डै पन्ध्र सय भन्दा बढीको सहभागीता हुनेछ । कार्यक्रम भोली सोमवार बिहान ११ बजेबाट सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्