कम्युनिष्ट पार्टी एकताको सहमतिः युवा पुस्ता सबै भन्दा बढी खुसी हुनुपर्छ



पार्टी निर्माण र परिचालनका आधारहरु समय क्रमसंगै बदलिन्छन् । २००६ को कम्युनिस्ट पार्टी २०५२ मा आइपुग्दा अर्कै र २०६९को हेटौंडा महाधिबे़शनमा आइपुग्दा झन् अर्कै भइसकेको थियो। ती परिवर्तनहरु सकारात्मक,बस्तुगत र सचेत प्रयत्नका प्रतिफल थिए। आज नेपालका ठूला कम्युनिस्ट पार्टीहरुले तय गरेको चुनावी तालमेल हुँदै पार्टी एकतासम्म जाने बाटो भविष्यमुखी, राष्ट्रवादी र प्रगतिशील छ।

यसबाट सबै भन्दा बढी खुशी युवा पुस्ता हुनुपर्छ। चुनौतीहरु धेरै छन्, भूराजनीति देखि अन्तरपार्टी तहका अनेकौं जटिलताहरुले यो यात्रामा टक्कर दिनेछन् । तर एकता र विजयको यो बाटो हामीले इमान, बिबेक र हिम्मतका साथ पार गर्नै पर्छ । नेतृत्वलाई बुझौं र दृढतापूर्वक अघि बढौं ।

प्रतिक्रिया दिनुहोस्