रामेछापमा एमाले र माओवादी जनलाई निराश बनाएर चुनावमा जानु हुँदैन



नेता र कार्यकर्ताले त पार्टीको निर्णय जे आओस मानेर सक्रिय हुनै पर्छ । तर भोटर्स जन निराश भए भने परिणाममा ठूलो असर पर्छ । रामेछाप लामो समय एमाले र माओवादीको शक्ति संघर्ष र लडाईवाट गुज्रिएको जिल्ला हो । हामी चुनावी तालमेल मात्रै होईन पार्टी एकताका विषयमा छलफल गर्दैछौं ।

पछिल्लो जनमतलाई हेर्ने हो भने एमाले ३२०००, कांग्रेस २७००० र माओवादी २४००० मतको अवस्थामा छ । आठ वटा स्थानीय तह मध्ये ५ वटा एमालेले जितेको छ र एकलौटी जिविस वनेको छ । एमाले वा माओवादी जनलाई निरास वनाएर निर्वाचनमा जानु पक्कै पनि वुद्दिमानी हुदैन ।

दुवै शक्तिलाई निर्वाचनमा सक्रिय वनाईयो र नेता कार्यकर्तालाई पनि न्यायोचित हो भन्ने महशुस गराउन सकियो भने मात्र मिलेको वास्तविक परिणाम निकाल्न सकिन्छ । प्रतिनिधिसभाको एक सिट र प्रदेशसभाका दुई सिट भएको रामेछापमा प्रत्यक्ष तर्फ कम्तिमा सिंगो जिल्लाका एमाले र माओवादी दुवैले आफ्नो पनि उम्मेद्वार लिएर हिड्ने अवस्था वनोस ।

प्रतिक्रिया दिनुहोस्