टिकट वितरणमा रोलक्रमलाई हेर्नुपर्छ



आजकल चुनावको विषयलाई लिएर बिभिन्न बहस गर्छन् । यो व्यक्ति वा त्यो व्यक्ति ठिक भन्छन् अर्थात् यो वा त्यो व्यक्तिको पक्षमा वकालत गर्छन् यो स्वभाविक हो । तर पार्टी भित्रको सिस्टमलाई बुझ्नु र लागू गर्नू पनि त्यतिकै जिम्मेवार हुनुपर्छ ।
रोलक्रमलाई पनि हेर्नुपर्छ । आन्दोलनमा सबैले जिम्मेवार अनुसारको भूमिका निर्वाह गरेको कुरालाई बिर्सनु हुँदैन टिकटको विषयलाई लिएर फलानो यस्तो तिलानो यस्तो आफैंनैलाई नङ्ग्याएर के पाउँछ ? नेपालीमा एउटा ऊखान छ ज्वाइँ पाउनेले ज्वाइँ पाउँछ ।

बुहारी पाउनेले बुहारी पाउँछ जन्ती–जन्ती बीचमा के को टन टन ? आखिर टिकट पाउने एक जान तपाईं हामी कार्यकर्ता हो । जनतामा पार्टीको विचार लाने भोट माग्ने र एक भोट दिने कर्तव्य हो । व्यक्तिको हनुमन हुनुहुँदैन । त्यसैले गुटको श्रोत बन्नु भन्दा सिद्धान्तको दास बनौ ।

प्रतिक्रिया दिनुहोस्