नयाँ क्षमतावान युवालाई उम्मेदवार बनाउन रामेछापवासीको माग



रामेछाप २०४८ सालदेखि कुनै पनि पार्टीका उम्मेदवारले दोहोराएर जितेको रेकर्ड पाइएको छैन् । इतिहासलार्इ अध्ययन गर्न जरूरी छ, । जब जनताले दोहोर्याउन चाहदैनन् भने हामी जबर्जस्त नगरौं ।

पूर्ण कार्की

रामेछापका एकसेएक युवाहरू प्रतस्पर्धाका लागि योग्य छन् । योग्य, जनताको पक्षमा काम गर्न सक्ने, राष्ट्रिय राजनीतिमा प्रभावकारी भुमिका खेल्न सक्ने, रामेछापको विकासमा कायपलटका लागि हाम्रालाई हैन राम्रालाई पटक पटक दोहोर्याउने हैन एक पटक सबैलाई सन्तुलनमा अगाडि बढाउन सक्ने युवा पुस्तालाई टिकट वितरण होस् ।

भोली सम्मानपूर्वक हार व्यहोरेका तितो यथार्थ बोकेका लक्ष्मण घिमिरे, कमल चौलागाइ, देवशंकर पौडेल, कमलप्रकाश सुनुवार र रामहरि ढुङ्गेललाई आधार मान्ने कि ? रामेछाप वाम एकतालाई हार्ने छुट छैन । त्यसैले इतिहासलाई अध्ययन गारौ, जनताको भावनालाई बुझौ । तितो यथार्थलाई बुझौ ।

जनता जनार्दनको फैसला अन्तिम हो । जनताले पटक पटक भनेका छन् दोहोराउने काम राम्रो हैन । नयाँ क्षमतावान युवालाई रामेछाप जनताको माग छ । रामेछापको विकास, समृध्दि र सम्पन्न जनता हाम्रो नि चाहना छ । यस पटक मैले चाहि युवा नेता क. युवराज चाैलागाईला राेजे सबै रामेछापका जनतासँग सल्लाह गरेर ।

प्रतिक्रिया दिनुहोस्