अायाैं पुर्पुराभरी ठक्कर



घुम्दै जबजकाे बाटाे”~

टुहुरा, खेदुवा जाे छाै, अपाङ्ग, बिधवाहरू ।
कुटिने, लुटिने, पत्ता, बेपत्ता, ‘विचरा’हरू ।।

तिम्रै “समृद्धि”का नीम्ति, कर्म-कुकर्मकाे रथ ।
हाँकियाे, थाकियाे ऐले, “भिक्षांदेही” उहि मत ।।

माग्दै खप्परु थापेर, झुसुले-पुतली झयीँ ।
रुपान्तर हुँदै अायाैं, विस्वास गर भक्त भै ।।

घुम्दै जबजकाे बाटाे, चाैधै भूवन चक्कर ।
लाउँदै, फर्किदै, अायाैं, पुर्पुराभरी ठक्कर ।।

(२०७४ कात्तिक २)

प्रतिक्रिया दिनुहोस्