रामेछापमा निर्वाचन जित्ने वाम गठबन्धनका उम्मेदवारको दावी (फोटो फिचर)



५ कार्तिक, रामेछाप ।
रामेछापमा वाम गठबन्धनबाट संयुक्त उम्मेदवार मनोनयन दर्ता गरेपछि प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारले रामेछापमा आफूहरुको जित सुनिश्चित भएको दावी गरेका छन् । उम्मेदवारी मननयन दर्ता गरेपछि मन्थलीमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका श्यामकुमार श्रेष्ठले आगामी निर्वाचनमा वाम गठबन्धनको जितलाई कुनै पनि तागतले रोक्न नसक्ने बताए ।


त्यसैगरी वामगठबन्धनको तर्फबाट रामेछापको प्रदेशसभा १ नम्बर निर्वाचन क्षेत्रमा नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका शान्ति प्रसाद पौडेलले पनि निर्वाचनमा आफूहरुको जित सुनिश्चित रहेको दावी गरे । रामेछाप प्रदेशसभा २ मा एमालेबाट उम्मेदवार बनेका कैलाश ढुङगेलले पनि रामेछापमा वाम गठबन्धको जित हुने दावी गरे ।

यस्तो देखियो उम्मेदवारी मनोनयन दर्ता (फोटा फिचर)

तस्बीरः राकेश श्रेष्ठबाट

 

प्रतिक्रिया दिनुहोस्