रामेछापमा असन्तुष्ट पक्षलाई फकाउदै उम्मेदवार हैरान



६ कार्तिक, रामेछाप ।
आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि उम्मेदवारी मनोनयन दर्ता गरेसँगै उम्मेदवारहरु चुनावी रणनीति बनाउन व्यस्त देखिएका छन् । रामेछापको एउटा प्रतिनिधिसा र दुई वटा प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिएका ३६ जना उम्मेदवारहरु आ–आफ्नै रणनीति बनाउने लागि परेका छन् ।
रामेछापमा वामपन्थी गठबन्धन र नेपाली कांग्रेसबीच नै चुनावी प्रतिस्पर्धा हुने भएको छ । वाम गठबन्धनको तर्फ माओवादी केन्द्रबाट नेता श्याम कुमार श्रेष्ठ  साझा उम्मेदवार छन् भने कांग्रेसबाट पूर्णबहादुर तामाङ कान्छाराम प्रतिनिधिसभाको उम्म्मेदवार रहेका छन् ।
असन्तुष्टलाई सम्झाउदै उम्मेदवार हैरान

वामपन्थी गठबन्धनको विरुद्ध माओवादी केन्द्रले बागी उम्मेदवारी मनोनयन दर्ता गरेपछि चुनावी तालमले गरेका एमाले र माओवादी केन्द्रका पार्टी इन्चार्ज र उम्मेदवारहरुलाई टाउको दुखाइएको विषय बन्न पुगेको छ ।

रामेछापको तीन वटै निर्वाचन क्षेत्रमा माओवादी केन्द्रका तीन नेताले बागी उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिएका उम्मेदवार र असन्तुष्ट नेताहरुलाई सम्झाउन वाम गठबन्धनका नेताहरुलाई हैरान भएको छ । नेपाली कांग्रेसको तर्फबाट बागी उम्मेदवारी नपरेपनि पार्टीभित्र टिकट नपाउने नेताहरु रुष्ट बनेका छन् । टिकट नपाएका नेताहरुलाई फकाउन कांग्रेसका तीन उम्मेदवार लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्