रामेछापको चुनावःकान्छारामलाई बागीको आश, वामपन्थी गठबन्धनलाई त्रास



७ कार्तिक, रामेछाप ।
रामेछाप जिल्ला कम्युनिष्टहरुको बाहुल्यता रहेको क्षेत्र हो । स्थानीय तहको निर्वाचनको मत परिणाम हेर्ने हो भने कांग्रेस भन्दा दोब्बर मतले एमाले माओवादी केन्द्रको बाम गठबन्धन अगाडि छ । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा वामपन्थी गठबन्धले सहज रुपमा जित हासिल गर्ने आकलन गरिए पनि नेकपा माओवादी केन्द्रका नेताहरु प्रतिनिधि सभा र दुई वटै प्रदेशसभामा बागी उम्मेदवारी दिएपनि विवाद सुरु भएको छ ।

उम्मेदवार छनोट प्रक्रियाप्रति असन्तुष्टि जनाउदै माओवादीका नेताहरुले बागी उम्मेदवारी दिएपछि बाम गठबन्धनलाई झमेला आइलागेको छ । गठबन्धनभित्र देखिएको असन्तुष्टिलाई सम्बोधन गरेर लैजाने विषय चुनौतीको रुपमा देखा परेको छ । असन्तुष्ट बागी उम्ेदवारको असन्तुष्टि सम्बोधन गर्ने नेकपा माअ‍ोवादीले छलफल थालेपनि सहमति जुटन सकेको छैन् ।

छलफलमा सहभागी एक नेताले रामेछाप न्युजसँग भने,‘गठबन्धलाई जिताउन उम्मेदवारी फिर्ता लिनुको विकल्प छैन, जाजय माग पार्टीले सम्बोधन गरेर अगाडि जानु पर्छ ।’ रामेछापमा असन्तुष्ट पक्षले उम्मेदवार छनोट प्रक्रियामा भएको कमजारी सच्याउन माग गदै आएको बताइएको छ । माओवादीले कार्तिक ८ सम्म बागी उम्मेदवारी फिर्ता नलिए कारवाही गर्ने चेतावनी दिएको छ ।
कांग्रेसका उम्मेदवार कान्छारामलाई आश
रामेछापको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका नेता पूर्णबहादुर तामाङ (कान्छाराम)ले उम्मेदवारी दिएका छन् । कान्छारामले बागी उम्मेदवारले उम्मेदवारी कायम राखे गठबन्धनको भोट बाडिने हुँदा आफूले जित्ने आश गर्दै आएका छन् । रामेछापमा कांग्रेसको तर्फबाट बागीको उम्मेदवारी मनोनयन दर्ता भएको छैन् । कांग्रेसभित्र असन्तुष्टि भएपनि बागी उम्मेदवारी दर्ता गराएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्