रामेछापमा उत्पादन भएको तीन मेगावाट विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिदै, रामेछापवासीले शेयर हाल्न पाउने



१५ कार्तिक, रामेछाप ।
रामेछाको चुचुरेमा निर्माण सम्पन्न भएको २.८३ मेगावाटको गर्जाङ हाइड्रोपावरबाट उत्पादन भएको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ ।

दुई दिनभित्र विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएकोहो । चार बर्ष अघि निर्माण कार्य सुरु भएको गर्जाङ हाइड्रोपावर निर्माण कार्य सम्पन्न भएलगत्तै उत्पादन भएको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिन लागेको हो ।

गर्जाड हाइड्रोपावर लिमिटेडका डाइरेक्टर एवं रामेछापका निवर्तमान सांसद आङटावा शेर्पाले रामेछाप न्युजसँग भने,‘निर्मार्ण कार्य सम्पन्न भएको छ, तीन दिनभित्र उत्पादन गरिएको बिद्युत केन्द्रीय प्रशारण लाइनमा जडान हुन्छ, अन्तिम प्राविधिक काम भइरहेको छ ।’

रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिको चुचुरेस्थित चाके खोलामा निर्माण भएको आयोजनामा स्थानीय प्रभावित बासिन्दालाई दस र सर्वसाधारण गरी वीस प्रतिशत शेयर पाउने भएका छन् । डारेक्टर शेर्पाले स्थानीयलाई १० प्रतिशत र सर्वसाधारणको लागि वीस प्रतिशत शेयर दिने बताए । शेर्पाको अनुसार हाइड्रपावर निर्माण गर्न अहिलेसम्म करिब ७० करोड रुपैयाँ खर्च भएको छ ।

स्थानीयवासीको लागि २ लाख कित्ता साधारण सेयर

यस हाइड्रोपावरले स्थानीयवासीको लागि २ लाख कित्ता साधारण सेयर  (आइपिओ) निष्काशन गर्ने भएको छ ।
सेयर निष्काशन विक्री प्रबन्धकमा एनआइविएल क्यापिटललाई नियुक्त गरेको छ । धितोपत्र बोर्डमा सेयर निष्काशनको लागि लिमिटेडले ०७३ असोज १४ गते आवेन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्