रामेछापमा वाम गठबन्धन र कांग्रेसको चुनावी अभियान तीब्र गाउँ–गाउँमा सभा



१८ कात्तिक, रामेछाप ।
आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि रामेछापमा चुनावी अभियान तीब्र बनेको छ । राजनीतिक दलका उम्मेदवाहरुले गाउँगाउँमा चुनावी सभा, कोण सभा र घरलैलो अभियानलाई तीब्रता दिएको हो । जिल्लामा वाम गठबन्धन र नेपाली कांग्रेसको चुनाव प्रचार–प्रसार कार्यक्रम आक्रमक बनाउदै लगेका छन् ।

वाम गठबन्धनका तर्फबाट रामेछाप प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य श्याम कुमार श्रेष्ठ , प्रदेशसभाको निर्वाचन क्षेत्र नं १ का उम्मेदवार शान्ति प्रसाद पौडेल र प्रदेशसभा क्षेत्र नम्बर २ का उम्मेदवार कैलाश प्रसाद ढुंगेलले चुनावी कार्यक्रमलाई अगाडि बढाएका छन् । रामेछापको दुवै प्रदेशसभा निर्वाचनमा आयोजित संयुक्त चुनावी सभालाई वाम गठबन्धनले आक्रमक बनाउदै लगेको छ ।

मनोनय दर्ता गरे लगत्तै राजनीतिक दलका उम्मेदवारहरुले चुनावी टोली बनाएर नै अभियान थालेका छन् । त्यसैगरी नेपाली कांग्रेसका तर्फवाट प्रतिनिधिसभा सदस्यका उम्मेदार पुर्ण बहादुर तामाङ (कान्छाराम) , प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार रत्न कार्की र प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार जित बहादुर मगर पनि चुनावी अभियानमा होमिएका छन् ।

प्रतिक्रिया दिनुहोस्