रामेछापमा बामपन्थी गठबन्धनलाई दुई तिहाई बहुमतले विजयी गराऔं



बामपन्थी गठबन्धनको मुख्य उध्येश्य देशमा प्रत्यक्ष कार्यकारी प्रमुखको व्बस्थापन गरी स्थायी राजनीतिक प्रणाली स्थापित गराउनु हो । कतिपय माओबादी केन्द्र वा एमालेका साथीहरुलाई आफुलाई ब्यक्तिगत रुपमा चित्त नबुझेका उम्मेदवारहरूको मनोनयन परेका होलान, । यी कुरा त केवल भावनात्मक पक्षमात्र हुन ।

टंकलाल घिसिङ (टलक) युवा नेता, नेकपा माओवादी केन्द्र

राजनीतिक नेता कार्यकर्ता भावनाको आबेगबाट माथि उठेको हुन ज़रूरी छ । पार्टीको निर्णयलाई चित्त नबुझ्दा पनि सहर्षतापूर्वक स्वीकार गरेर सामुहिक उध्येश्यमा कटिबद्ध हुनैपर्छ । यो एक एेतिहासिक अवसर हो जसले यो देशको राजनैतिक स्थिरता कायम गरी आर्थिक विकाशमा फड्को हान्ने छ ।

हाम्रा सनकको कारण झुक्केर पनि अन्यत्र सोच्ने मूर्खताले नेपाली समाज दशकौं दशक पछि पर्न सक्छ । यसर्थ आफुलाई मन नपरेको उम्मेदवारको अनुहार हेर्दै आफ्नो समाजको भविष्य माथी वन्चरो हानेर आनन्दित हुने मनसाय कतै पैदा हुन खोजेको भएपनि त्यसलाई आजै त्यागौं र वामपन्थी गठवन्धनलाई दुईतिहाई मतका साथ विजय गराऔं

प्रतिक्रिया दिनुहोस्