कान्छारामले अहिले खर्च गरेको पैसा कहाँबाट उठाउछन ?



धनीलाई जिताउने हो भने कान्छारामलाई जिताउनुहोस । मलाई भन्नु केही छैन् । तर तपाई विकास चाहानहुन्छ भने समाज रुपान्तरण गर्नेलाई रोज्नुहो । भन्नेले के भन्दैन । श्याम कुमार श्रेष्ठले वीस प्रतिशत कमिसन खायो । तर खाएको थाहा छैन् । यदी खाएको भए पनि असी प्रतिशत त काम गर्यो नि होइन ।

राजिव मोक्तान

जसले रोड पिच गर्ने भनेर सरकारबाट करोडौ रकम असुल्छ र छ महिनामै त्यो पिच उप्किन्छ । अनि हाम्रो विश्लेषण त्यो चाही विकासप्रेमी रे ? अहिले कान्छारामसँग टन्न पैसा छ भनेर उसैको कार्यकर्ताले धेरै भन्दा धेरै खर्च गर्न तम्सेको देखिन्छ । भोली त्यो खर्च कहाँबाट म्यानेज गर्छ ?
त्यो रामेछापवासी जनताले बुझ्नु पदैन ? के समाज रुपान्तरण पैसा खर्च गरेर हुन्छ ? कांग्रेसले भनेको प्रजातन्त्र लोकतन्त्र के के छ नि त्यो सबै पैसाले पाउने भए विचार, नीति, सिद्धान्छ र उम्मेदवार किन चाहियो ? पैसा टन्न खर्च गरेर भैइहाल्यो नि हुन्न ? अझै समय बाँकी छ । चेतनशिल हुनुस, बुझ्नुहोस अनि आफै विचार गर्नुस् ।

प्रतिक्रिया दिनुहोस्