रामेछापकी चेली बिशेषता बुढाथोकीले नेपालको तर्फबाट अन्तर्राष्ट्रिय प्रतियोगीतमा प्रतिस्पर्धा गर्ने



ब्राजिलमा हुने ‘लिटिल मिस क्विन इन्टरनेशनल’ मा नेपालका तर्पmबाट रामेछापकी चेली विशेषता बुढाथोकीले प्रतिस्पर्धा गर्ने भएकी छिन् ।
राजधानीमा विभिन्न समयमा भएका बालबालिकाका प्रतिभामुलक तथा सौन्दर्य प्रतियोगिताका विजेताहरुलाई ई प्लानेटले अन्तराष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्दै आएको छ ।
संस्थाका अध्यक्ष सन्तोष सापकोटाका अनुसार ब्राजिलमा हुने ‘लिटिल मिस क्विन इन्टरनेशनल’ मा नेपालका तर्पmबाट बालिकालाई सामेल गराउने औपचारिक अधिकार संस्थाले प्राप्त गरेको छ । सापकोटाले त्यहाँ हुने प्रतियोगितामा नेपालमा विजयी बिशेषता बुढाथोकीलाई सहभागी गराउन लागेको बताए ।


आगामी ११ डिसेम्बरका दिन ब्राजिलको साउपाउलो स्थित होटेल नोभोटेल जारगुवा कन्भेन्सन सेन्टरमा हुने ‘लिटिल मिस क्विन इन्टरनेशनल’ फाइनल प्रतिस्पर्धाका लागि राजधानीमा सम्पन्न जुनियर व्याटल २०१७ तथा चाइल्ड आईकन २०१७ का विजेता जोन डेवे स्कुलमा कक्षा पाँचमा अध्यायनरत १० बर्षिया बुढाथोकी बिशेषता बुढाथोकीलाई त्यसतर्फ पठाइन लागेको सापकोटाले जानकारी दिए ।

 

प्रतिस्पर्धामा सहभागी हुन बिशेषताको बुबा होम बहादुर र आमा नम्रताका साथ यही मंसिर १९ गते ब्राजिल जाँदैछन् । प्रतियोगिता ६ डिसेम्बर देखि १२ सम्म चल्नेछ । मुख्य उपाधिसहित विभिन्न उप उपाधिको विजेताको घोषणा ११ तारिखमा सम्पन्न हुने फाइनल राउण्डमा हुनेछ ।
चार वर्षदेखि ब्रालिलमा हरेक वर्ष आयोजना हुंदै आएको बालबालिकाको यो अन्तराष्ट्रिय प्रतियोगितामा ४१ राष्ट्रका बालबालिकाले प्रतिस्पर्धा गर्नेछन् । यो प्रतियोगितामा नेपालबाट पहिलोपटक सहभागिता हुन लागेको हो ।

यसबाट नेपाली प्रतिभावन बालबालिकाको क्षमता र व्यक्तित्व विकासका साथै नेपालको पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने विश्वास ई प्लानेटका अध्यक्ष सन्तोष सापकोटाले व्यक्त गरेका छन् । ई प्लानेटले नेपालमा मात्र नभइ अन्तराष्ट्रिय जगतमा कार्यक्रम आयोजना तथा ब्यवस्थापनमा अफ्नो स्थान बनाइसको छ भने ५ राष्ट्रमा आफ्नो शाखा विस्तार गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्