रामेछापका गरिब जनतालाई माथि उठाउन भूमिका खेल्छुुः उम्मेदवार थापामगर



रामेछापमा चुनावी माहोल तातिदै गएको छ । आगामी मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभामा राजनीतिक दलहरुले आ–आफ्ले जित्ने दावी गर्दै आएका छन् । रामेछापको एउटा प्रतिनिधिसभा र दुई वटा प्रदेशसभाको निर्वाचनको लागि राजनीतिक दलहरु चुनावी सभा कोण सभा र घरदैलो अभियानमा जुटेका छन् ।

निर्वाचनको मिति आउन आठ दिन मात्र बाँकी रहदा राजनीतिक दलका उम्मेदवारहरुले पनि चुनावी अभियानलाई आक्रामक बनाउदै लगेका छन् । यसै विषयमा रामेछापको प्रदेशसभा क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका उम्मेदवार जितबहादुर थापामगरसँग रामेछाप न्युजले गरेको कुराकानीः–

रामेछापलाई समृद्ध बनाउने तपाईको के एजेण्डा छ ?
–रामेछाप जिल्ला विकास निर्माणको दृष्टिकोणले पछाडि परेको जिल्ला हो । जिल्लाको समग्र विकास निर्माणको कामलाई अगाडि बढाउन भूमिका खेल्छु । निर्वाचनमा मलाई रामेछापवासी जनताले विजयी गराएको अवस्थामा सडक, खानेपानी, स्वास्थ्य, शिक्षा लगायतको कामलाई प्राथमिकतामा राखेर काम गर्छु । रामेछापमा गरिबीको रेखामुनि रिहेका जनतालाई माथि उठाउन भूमिका खेल्छु ।

निर्वाचन अभियानको क्रममा जनताको माक के पाउनु भो ?
–जनताको माग असीमित छ । सडक खानेपानी विजुली रोजगारी यस्तौ धेरै माग आएका छन् । यी सबै माग एकै पटक पूरा गर्न सकिदैन । क्रमश सिस्टम बसाएर योजनाबद्ध भएर काम अगाडि बढाउने सोच बनाएको छ ।

तपाईले निर्वाचन जित्नु भएको अवस्थामा आगामी पाँ बर्षमा के–के काम गर्नुहुन्छ ?
–पहिलो कुरा त सिस्टम बनाउनु नै महत्वपूर्ण कुरा हो । सिस्टम बसाल्न सकेको खण्डमा विकास निर्माणको सुविधा उपभोग गर्नबाट कोही पनि बञ्चित हुनु पर्दैन । देशमा अहिले स्वास्थ्य र शिक्षा क्षेत्रमा धेरै विकृति छ । अब राष्ट्रपति, प्रधानमन्त्री पाउने स्वास्थ्य सेवा एउटा गरिब किसानले पनि यही अनुसार पाउनु पर्छ । राष्ट्रपति प्रधानमन्त्रीको छोराछोरी र गरिब जनताका छोराछोरीले पठने शिक्षा प्रणाली पनि एउटै हुनुपर्छ । जिल्लाको सबै ठाउँमा सडक पुर्याउनु मेरो पहिलो प्राथमिकता हुनेछ । जिल्लाको मुख्य सडकलाई पहिलो कालोपत्रे गर्ने र बाँकी सडक पुग्न नसकेको क्षेत्रमा सडक पुर्याउनु पर्छ भन्ने मेरो मान्यता छ । जिल्लाको रणनैतिक सडकलाई कालोपत्रे गरेर रामेछापवासीलाई सेवा सुविधा दिनु नै मुख्य काम ठानेको छु ।

प्रतिक्रिया दिनुहोस्