रामेछापमा प्रशासन र निर्वाचन आयोग रमिते बन्यो



पैशाको धाक देखाएर कङ्ग्रेसका उमेदवारले ६०–७० वटा गाडी कुदाउँदा प्रशासन र निर्वाचन आयोग रमिते बन्यो । जनतालाई प्रशासनकै अगाडि कङ्ग्रेसले पैसा बाँड्यो । हुँदाहुँदै अहिले प्रशासन , निर्वाचन आयोग र कङ्ग्रेस एक भएर बामगठबन्धन विरुद्ध लागेका छन् । रामेछापको बेथानमा कुनै खालको अप्रिय घटना घटेको थिएन ।

बाम गठबन्धनले आज गर्ने भनेको चुनावी आमसभा विथोल्न राज्य संयन्त्रदेखि विपक्षी दल मिलेर जबरजस्ती दंगाग्रस्त क्षेत्र घोषणा गरेका छन् । राजनीतिक दलले स्वतन्त्रतापूर्वक , शान्तिपूर्ण ढङ्गले आफ्नो चुनावी कार्यक्रम गर्न पाउने अधिकार कुण्ठित गरिएको छ ।

एकचोटि फेरि रामेछापेली न्यायप्रेमी जनसमुदायहरू आफ्नो अमूल्य मतको लागि सजक र सतर्क हुनुपर्ने अबस्था आएको छ । यो चुनाव प्रशासन , निर्वाचन आयोग , लोकतान्त्रीक गठबन्धन र बाम गठबन्धनका बिचमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्