३८ किलोमिटर सडकका कारण रामेछापमा सधै आन्दोलन



१२ मंसिर, काठमाडौं ।
रामेछाप जिल्लामा सडक सञ्जालले राजधानी काठमाडौंसँगै पूर्वपश्चिमसँग पहुँच पुगेको छ । रामेछाप–सिन्धुली जोडने खुर्कोटको पक्की पुल सञ्चालनमा आएपछि रामेछापवासीले निकै ठूलो राहतको महशुस गरेका छन् । सिन्धुली–खुर्कोट, नेपालथोक हुँदै काठमाडौं र सिन्धुली वदिर्वास सडक अन्तर्गतको विपि राजमार्ग सञ्चालनमा आएपछि रामेछापवासीको आवात जावत त सहज भएको छ । तर रुट परमिटको विषयलाई लिएर भने रामेछापको ढुवानी व्यवसायीहरु भने लामो समयदेखि आन्दोलन गर्दै आएका छन् ।


पटक–पटक ढुवानी व्यवसायीहरुले आन्दोलन गर्दै आएपनि सडक विभागले कुनै सुनुवाई नै नगरेको ढुवानी व्यवसायीको गुनासो छ । मंसिर १ गतेदेखि ढुवानीका सबै साधनहरु बन्द गरेर आन्दोलनमा उत्रिएका रामेछाप र सिन्धुलीका ढुवानी ब्यवसायिहरु क्ेी समयको लागि आन्दोलन फिर्ता भएको घोषणा गरेका छन् ।
तामाकोसी ढुवानी सेवा समितिले मंगलबार विज्ञप्ती जारी गरेर केही समयको लागि आन्दोलन स्थगित गरेको जनाएको छ । यही मंसिर १ गतेदेखि विपीर ाजमार्ग अन्तर्गत बनेपा–बर्दिबास सडक अण्ड अन्तर्गत पर्ने खुर्कोट–सिन्धुली खण्डको ३८ किलोमिटर सडकमा यातायात ब्यवस्था विभागले ठूला मालबाह सवारी साधन गुडाउँन रोक लगाएपछि ढुवानी व्यवसायी आन्दोलित भएका थिए ।
विपी राजमार्ग अन्तर्गत बर्दिबास–बनेका सडक खण्डमा पर्ने अन्य भागमा ठूला ढुवानीका साधन सञ्चालनको लागि अनुमति दिएको भए पनि सिन्धुली–खुर्कोट खडक खण्डको ३८ किलो मिटरमा भने रोक लगाएको छ । अहिले पनि नेपालथोक–काठमाडौं अन्तर्गतको सडकमा ढूला बहालबहाक गाडी निर्वाध रुपमा सञ्चालन भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्