रामेछापमा यसरी बन्दै छ पुष्पलाल (मध्यपहाडी) लोकमार्ग (फोटोफिचर)



१३ मंसिर, रामेछाप ।
पुष्पलाल (मध्यपहाडी) लोकमार्ग आयोजना अन्तर्गत रामेछापको सेलेघाटदेखि चौरीखोलासम्मको सडक निर्माण कार्य धमाधम भइरहेको छ । आयोजनाको पूर्वीखण्ड अन्तर्गत रहेको घुर्मी, खुर्कोट नेपालथोक दोलालाघाट जोडने सडक निर्माणको कार्यले गति लिएको छ ।
खुर्कोटदेखि पार्टी भञ्ज्याङ्गसम्मको ११५ किलोमिटर सडक मध्ये करिब ४५ किलोमिटर सडक रामेछाप रहको छ । हाल सुनकोसीको किनारै किनार सडक निर्माण भइरहेको छ । सुरुमा रामेछापकोलाई समावेश नगरी निर्माण गर्ने तयारी गरेपनि रामेछापका राजनीतिक दल, नागरिक समाज लगायतले दबाब दिएपछि पुष्पलालको जन्मभूति हुँदै आल पुष्पलाल लोकमार्ग निर्माण भइरहेको छ ।
खुर्कोट–सेलेघाट, सित्खा–लुभु–बेथानको चौरीखोलासम्म रामेछापको भूभाग समेटेर सडक निर्माण हुन लागेको हो । सुनकोसी–२ जलाशययुक्त आयोजना निर्माण हुने भएपछि दोभनटारबाट सुनकोसी किनारा भन्दा माथिबाट सडक निर्माण गर्न लागिएको आयोजना प्रमुख सत्येन्द्र शाक्यले रामेछाप न्युजलाई बताए ।

यसरी बन्दै छ पुष्पलाल (मध्यपहाडी) लोकमार्ग (फोटोफिचर)

प्रतिक्रिया दिनुहोस्