रामेछापका सिमान्तले जिते नेपालको पहिलो मिस्टर विश्वकर्मा उपाधी 



१९ मंसिर, काठमाडौं ।
रामेछापका सिमान्त बराइलीले नेपालको पहिलो मिस्टर विश्वकर्माको उपाधी जितेका छन् । परिवर्तन इभेन्ट हाउसले प्रथम पटक आयोजना गरेको मिस्टर विश्वकर्मा २०१७ को उपाधी रामेछापका सिमान्त बराइलीले जित्न सफल भएका हुन् । मिस विश्वकर्मा २०१७ सिजन २ को उपाधी भने सोनिया विश्वकर्माले जितेकी छिन् ।


राजधानीमा आयोजना गरिएको प्रतियोगिताको ग्रेण्ड फिनालेमा सोनिया र सिमान्तलाई मिस र मिस्टर विश्वकर्मा उपाधी प्रधान गरिएको हो । प्रतियोगिताको निर्णायक भुमिकामा गायक आनन्द कार्की, पत्रकार कृष्ण भट्टराई, मेमोरी पावर ट्रेनर डा. नवल परियार, नेपाल टेलिभिजनका डेपुटी मेनेजर दीपक धिताल र क्यानका पूर्व टिम मेनेजर पूर्ण लामा रहेका थिए ।
विश्वकर्मा समुदायका युवा–युवतीहरुलाई कला, संस्कृति तथा पहिचान दिलाउने उदेश्यले यो प्रतियोगिता आयोजना गरिएको परिवर्तन इभेन्ट हाउसकी अध्यक्ष सोनिया जि आरले बताइन ।
प्रतियोगिता विश्वकर्मा समाज नेपाल, विश्वकर्मा समाज युएई र विश्वकर्मा समाज कुवेतको सहकार्यमा आयोजना गरिएको थियो । यस कार्यलाई बर्षेनी निरन्तर रुपमा गर्दै जाने कार्यक्रमका संञ्चालक राज बरालईलीले बताए ।

प्रतिक्रिया दिनुहोस्
5HbHRAhAdP4L2b, 7gN1rRgx, uKsOQnbABVvcRU0, eSgJcW, 9XFcYCH, 7Jr1iBEDS, Yn9sSzljHUYK, 3L9sm, 1Xxd1o, L3GNs03B951a8