रामेछापमा उमाकुण्ड र दोरम्बा गाउँपालिकाबाट मतगणना सुरु



२१ मंसिर, रामेछाप ।
रामेछापको प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना दोरम्बा गाउँपालिका र उमाकुण्ड गाउँपालिकाबाट सुरु भएको छ । आज साझबाट सुरु भएको मतगणना दोरम्बा गाउँपालिकाको थापागाउँ बुथ र उमाकुण्ड गाउँपालिकाको कुबुको बुथबाट मतगणना सुरु गरिएको हो ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार मंसिर १० गते सम्पन्न निर्वाचनमा जनता मावि कुब मतदान केन्द्रबाट ७३०, दोरम्बा गाउँपालिकाको भिमेश्वर प्रांमावि थापागउा मतदान केन्द्रबाट १४ सय ४६ मत खसेको थियो ।
प्रतिनिधिसभाको दुई स्थान र प्रदेशसभाको एक/एक स्थानमा चार समुह बनाएर मतगणना सुरु भएको छ । मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रतिक्रिया दिनुहोस्