रामेछापमा कुभुकास्थलीको कुबु मतदान केन्द्रको मतगणना सकियो



२१ मंसिर, रामेछाप ।
रामेछापमा प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना अनुसार उमाकुण्ड गाउँपालिका कुबुकास्थली मतदान केन्द्रको मतगणना सम्पन्न भएको छ । कुबु मतदान केन्द्रमा जम्मा ७ सय ३० मत खसेको थियो । दोरम्बा गाउँपालिकाको थापागाउँ मतदान केन्द्रका मतगनणा भइरहेकाले एक साथ परिणाम घोषणा हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्