रामेछापमा बाम गठबन्धनको अग्रता



२१ मंसिर, रामेछाप ।
रामेछापमा जारी मतगणनामा बाम गठबन्धनका उम्मेदवारहरुले अग्रता लिएका छन् । प्रतिनिधिसभा निर्वाचनमा बाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता श्यामकुमार श्रेष्ठले तीन सयले सुरुवाती अग्रता लिएका छन् । श्रेष्ठले १५३८ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम)ले ९९४ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा क्षेत्र नम्बर २ मा बाम गठबन्धनका उम्मेदवार एमालेका नेता कैलाश ढंगेलले फराकिलो अग्रता लिएका छन् । ढुंगेलले १७३१ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवार जितबहादुर थापामगरले ५३० मत प्राप्त गरेका छन् ।

त्यसैगरी प्रदेशभा क्षेत्र नम्बर १ मा बाम गठबन्धनका उम्मेदवार एमालेका शान्ति पौडेलले ६९९ मत प्राप्त गरेका छन भने कांग्रेसका उम्मेदवार रत्न कार्कीले ६०९ मत प्राप्त गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्