रामेछापमा अहिलेसम्म कहाँ कति मतगणना भयो ? (सूचीसहित)



रामेछापमा अहिलेसम्म कहाँ कति मतगणना भयो ? (सूचीसहित)
२१ मंसिर, रामेछाप ।
रामेछापमा बाम गठबन्धनले अग्रता लिएको छ । हिजो साँझ ५ बजेबाट रातभर मतगणना जारी छ । बुथ अनुसार मतगणना गरिएको रामेछापमा अहिलेसम्म १० वटा बुथको मतपरिणाम सार्वजनिक भएको छ ।

परिणाम अनुसार प्रनिधिसभामा प्रिति च्याप्लुमा बाम गठबन्धन ५९६, महालङगुलमा ३४४, बाम्तीमा ४४८, प्रिति ३९०, रिठ्ठे १३४८, थापागाउँ ९४२, डडुवा पात्ले ६८७, गुम्देल ८६, डडुवा सुर्के ४०३ र भुजी ३४६ गरी श्यामकुमार श्रेष्ठले ५६२२ मत प्राप्त गरेका छन् ।

त्यसैगरी प्रनिनिधिसभा तर्फ कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छारा)ले प्रिति च्याप्लुमा ५३०, महालङगुलमा ३०७, वाम्तीमा ५४३, रिठ्ठेमा २७१, थापागाउँमा ४३४, डडुवा पात्लेमा १७४, गुम्देलमा ८३, डडुवा सुर्केमा ३०२, भुजीमा ५४१ मत गरी ३५९८ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्