रामेछापमा दुधको दुध पानीको पानी छुटिने, हेर्नुस कहाँ कति मत खस्यो ? (सूचीसहित)



२२ मंसिर, रामेछाप ।
रामेछापमा प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना जारी छ । रामेछापमा खसेको ८९ हजार ५ सय मत मत मध्ये हालसम्म १६ हजार मतगणना भएको छ । अझै ७३ हजार मतगणना गर्न बाँकी छ । यस पटक रामेछापमा बुथ अनुसार मतगणना गरेकाले कहाँ कति मत खस्यो भन्ने छर्लङ्ग हुने भएको छ ।
विगतको प्रतिनिधिसभाको निर्वाचनमा नेता कार्यकर्ताहरुले आफ्नो बुथमा धेरै मत खसेको दावी गर्ने गरेका थिए । एकै ठाउँमा जम्मा गरेर मतगणना गर्दा कहाँ कसले कति मत खस्यो भन्ने आकलन गर्न गाह्रो हुने गरेको थियो ।

तर यस पटक राजनीतिक दल र मुख्य निर्वाचन अधिकृतको कार्यालयबीच बुथ अनुसार नै मतगणना गर्ने सहमति भएपछि दुधको दुध पानीको पानी छुटिने भएको हो । रामेछापको ८ वटा स्थानीय तहमा ९० मतदास्थल र १९१ मतदान केन्द्रमा मतदान भएको थियो ।
रामेछापमा मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ५८.७२ प्रतिशत मत खसेको थियो । मतगणना सुरु भएदेखि नै बाम गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रमा अग्रता कायमै राखेको छ । बाम गठबन्धनले फराकिलो अग्रता बनाउदै लगेको छ ।

हेर्नुस कहाँ कति मत ? (सूचीसहित)

 

प्रतिक्रिया दिनुहोस्