रामेछापमा अझै २९ हजार मतगणना गर्न बाँकी, भोली परिणाम आउने



२३ मंसिर, रामेछाप ।
रामेछापमा अझै २९ हजार मतगणना गर्न बाँकी रहेको छ । दुई दिनको अवधिमा ६७ हजार मतगणना भइसकको मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले बताएको छ । रामेछापमा मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ८९ हजार ५ सय मत खसेको थियो ।

मंसिर १२ गते साँझ ५ बजेदेखि निरन्तर रुपमा मतगणना भइरहेको छ । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको रामेछापमा बाम गठबन्धनले फराकिलो अग्रता लिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार आज रातभर र भोली दिनभर मतगणना सम्पन्न गरेर साँझ परिणाम घोषणा हुन सक्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्