सुखी र समृद्धि रामेछाप निर्माणमा लाग्छुः कैलाश ढुंगेल



रामेछापको प्रदेशसभा क्षेत्र नम्बर २ बाट निर्वाचित बाम गठबन्धनका साझा उम्मेदवार नेकपा एमालेका नेता कैलाश ढुंगेलले रामेछापको समृद्धि नै आफ्नो एक मात्र लक्ष्य रहेको बताएका छन् । निर्वाचिन भएपछि रामेछाप न्युजसँग कुराकानी गर्दै ढुंगेलले खुसी र समृद्ध रामेछाप निर्माणमा लाग्ने आफ्नो योजना रहेको बताए । आगामी दिनको योजना, प्रतिपक्ष दललाई कसरी समेटेर अगाडि बढनु हुन्छ भन्ने विषयमा रामेछाप न्युजले गरेको संक्षिप्त कुराकानीः–

निर्वाचनमा विजयी हुनुभएको छ आगामी दिनमा तपाईको के योजना छ ?
–निर्वाचनको क्रममा जनता समक्ष जे प्रतिबद्धता व्यक्त गरेको थिए । सोही योजना अनुसार अगाडि बढछु । प्रदेशसभाको कानुन निर्माण गर्ने कार्यमा भूमिका निर्वाह गर्नुको साथै रामेछापलाई समृद्ध र खुसी रामेछाप निर्माण गर्ने कार्यमा लाग्छु ।

विकास निर्माणको दृष्टिकोणले रामेछाप अझै पछाडि परेको छ । अब के गति लेला त ?
–म रामेछापका जनतालाई विश्वास दिलाउन चाहन्छु । पाँच बर्षको कार्यकालमा विकास निर्माणको प्रत्याभूमि दिलाउने छौ । रामेछापको सडक, विद्युत, स्वास्थ्य, शिक्षा, खानेपानी, रोजगारी, कृषि लगायतको क्षेत्रमा हामीले जे एजेण्डा जनता समक्ष बाडेका छौ, त्यो अनुसार काम गछौं ।

प्रतिपक्ष दललाई कसरी समेटेर अगाडि बढनुहुन्छ ?
–अब म सबैका प्रतिनिधि हुँ । प्रतिपक्ष दल कांग्रेससँग सहमति र सहकार्य गरेर नै अगाडि बढछु । विकास निर्माणका कार्यमा सबैको साथ र सहयोगको खाँचो छ । कुनै भेदभाव नगरी सबैलाई समेटेर अगाडि बढछु ।

अन्तिममा के भन्न चाहानुहुन्छ ?
–मलाई मतदान गरेर निर्वाचित गराउनु हुने आम रामेछाप क्षेत्र नम्बर २ का सबै मतदातालाई धेरैधेरै धन्यवाद दिन चाहुन्छु । किनकी मलाई दोब्बर मतले विजयी गराउनु भएको छ । म जनताको सेवक भएर काम गर्छु । मलाई निर्वाचित गराउनु भूमिका खेल्ने बाम गठबन्धनका नेता कार्यकर्ताहरुको भूमिका उच्च सम्मान गर्छु ।

प्रतिक्रिया दिनुहोस्