रामेछापमा समानुपातिकतर्फ कांग्रेस अगाडि



२५ मंसिर, रामेछाप ।
रामेछापको समानुपातिक तर्फको मतगणनाम नेपाली कांग्रेसले अग्रता लिएको छ । २४ हजार मतगणना गर्दा कांग्रेसले १३ हजार ४ सय ९९ मत प्राप्त गरेको छ । प्रत्यक्षतर्फको मतगणना सम्पन्न गरेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले हिजोबाट समानुपातिक तर्फको मतगणना सुरु गरेको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापका सहायक अधिकृत मधु पोख्रेलका अनुसार प्रतिनिधिसभाको समानुपातिक तर्फ कांग्रेसले १३ हजार ४ सय १९, एमालेलेले १२ हजार २ सय १९ र माओवादी केन्द्रले १० हजार ६८ मत प्राप्त गरेका छन् ।
प्रदेशसभाको समानुपातिक तर्फ कांग्रेसले १२ हजार ३ सय २, एमाले ११ हजार ५ सय ४१, माओवादी केन्द्र १० हजार ३२ मत प्राप्त गरेका छन् । पोख्रेलका अनुसार ४२ हजार मतगणना हुँदा ४ हजार ३ हजार १५ बदर भएको छ । उनले रामेछाप न्युजसँग भने,‘भोलीसम्ममा समानुपातिक तर्फको मत परिणाम सम्पन्न हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्