रामेछापका जनताले पैसामा स्वाभिमान बेचेननः शान्ति पौडेल



रामेछापमा एक प्रतिनिधि सभा र दुई प्रदेश सभा नै बाम गठबन्धनले जित हासिल गरेको छ । एउटै साझा चुनावी घोषणापत्र लिएर निर्वाचनमा होमिएका बाम गठबन्धनले निर्वाचनमा विजयी भएपछि निर्वाचनमा गरको प्रतिबद्धता अनुसार नै अगाडि बढने बताएका छन् । विगतमा निर्वाचनमा प्रतिबद्धता व्यक्त गर्ने तर कार्यान्वयन गर्ने परम्परालाई कसरी तोडनुहुन्छ, के घोषणापत्र अनुसार नै जिल्लामा विकास निर्माणको कामले गति लिन्छ ? यसै विषयमा रामेछाप प्रदेश सभा क्षेत्र नम्बर १ का विजयी सांसद एवं नेकपा एमालेका जिल्ला अध्यक्ष शान्ति पौडेलसँग रामेछाप न्युजले गरेको कुराकानीः–

निर्वाचन मार्फत जनताले तपाईलाई विजयी गराए । अब तपाई विकासको एजेण्डालाई कसरी अगाडि बढाउनुहुन्छ ?
–निर्वाचनको क्रममा हामीले जे प्रतिबद्धता व्यक्त गरेका थियौ । सोही अनुसार नै काम गछौं । जनता समक्ष गरेको प्रतिबद्धता भुल्दैनौ । भौतिक पूर्वाधार निर्माणको कामलाई प्राथमिकता दिन्छौं । विशेषगरी जनताको दैनिकीसँग जोडिएको सडक, खानेपानी, स्वास्थ्य, शिक्षा, विद्युतीकरणका कामलाई तीब्र गतिमा अगाडि बढाउछौ । निजी क्षेत्रको लगानीलाई समेत भित्र्याएर जिल्लाभित्र रोजगारी सृजना गर्ने, कृषिलाई आधुनिकरण गर्ने, गरिबी न्युनिकरणको लागि लगानी गर्ने कार्यलाई प्राथमिकतामा राखेर अगाडि बढछौ । अब बन्ने सबै भौतिक पूर्वाधार गुणस्तरीय बनाउन हाम्रो भूमिका हुन्छ ।
पाँच बर्षमा तपाईले कस्तो काम गर्ने सोच्नु भएको छ ?
–पाँच बर्षभित्र सबै गाउँपालिकासम्म पिच मोटरबाटो हुनेछ । वडाबाट गाउँपालिकासम्म जोडिएका सडक १२ महिना नै सञ्चालन हुनेछ । पाँच बर्षभित्र सबै नागरिकहरुलाई खानेपानीको व्यवस्था गर्नेे माग पूरा गर्ने छौ । स्वास्थ्य र शिक्षामा बढी ध्यान दिइनेछ । प्रत्येक गाउँपालिकामा २५ शैष्याको सुविधा सम्पन्न अस्पताल निर्माण गरेर सबै नागरिकहरुलाई विमामा जोडेर स्वास्थ्य उपचारको सहज ढंगेले सेवा सुविधा उपलब्ध गराइनेछ । अहिलेको सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाएर गुणस्तरीय शिक्षामा जोड दिइनेछ । पाँच बर्षमा आर्थिक सामाजिक रुपमा परिवर्तनको प्रत्याभूति हुने गरी काम गछौं ।
प्रतिपक्ष दललाई कसरी समेटेर अगाडि बढनुहुन्छ ?
–विकास निर्माणको सबालमा प्रतिपक्ष दलसँग सहकार्य गरेर अगाडि बढने हो । तर विकास निर्माणको काममा बखेडा झिक्ने प्रतिपक्षसँग सहकार्य गरिरहनु जरुरी छैन् । सकेसम्म सबैलाई समेटेर लैजाने हो । विकास निर्माणको कामलाई पारर्दशी ढंगेल अगाडि बढाउने म प्रतिबद्धता व्यक्त गर्छु । यदी विकास निर्माणको कार्यमा अवरोध गर्ने खोज्नेहरु सहकार्य नगर्नेहरु छुटछन रेल अगाडि बढछ् ।
निर्वाचन निकै खर्चियो बन्दै गयो नि ? रामेछापमा के पाउनु भयो ?
–रामेछापमा विपक्षी दलले निर्वाचनलाई खर्चिलो बनाउने धेरै कोशिस गरे । जनतासँग एजेण्डा लिएर भोट माग्ने भन्दा पनि जोडेर र एम्बुलेन्सलाई एजेण्डा बनाए । निर्वाचको क्रममा जुन कुरा गर्न पाइदैन्थ्यो । जनतालाई विचार र एजेण्डाले आर्कषित गर्ने हो । पैसा र प्रलोभनले होइन । निर्वाचनको क्रममा विपक्षीले जनताको बीचमा पैसाको धाक धम्की देखायो । तर रामेछापका स्वाभिमान जनता पैसामा विकेनन् । जनताको स्वाभिमान पैसामा किन्नको लागि भडकिलो भोज भतेरदेखि पैसा बाँडदा समेत राज्यको आँखा परेन । निर्वाचनमा जनाले एजेण्डा भएकोलाई मतदान गरेर विजयी गराएर पठाएका छन् । एजेण्डा नभएकाहरुलाई हराएर पठाएका छन् ।
मतदातालाई के भन्न चाहनुहुन्छ ?
–हामी जितको उन्मादमा मातिदैनौ । जनताको चाहना र भावना अनुसार नै निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार नै काम गर्ने प्रतिबद्धता व्यक्त गर्छु । विकास निर्मााणको कामदेखि जनताको दुःखमा साथ दिदै समृद्धि रामेछाप निर्माणको अभियानमा लाग्ने छु । अब आश्वासन होइन काम गर्ने बेला आएको छ । हामी गरेर नै देखाउछौ । जिल्ला पार्टीको अध्यक्षको हैसियतमा बाम गठबन्धनलाई विजयी गराउन मतदान गर्ने सबै मतदाताहरुप्रति आभार व्यक्त गर्दछु । निर्वाचनमा शान्तिपूर्ण निर्वाचन गराउने खटिनुहुने सुरक्षा निकाय, एमाले र माओवादी केन्द्रको आम पार्टी पत्तिका नेता कार्यकर्ता साथीहरु धन्यवादको पात्र हुनुहुन्छ । नागरिक समाज, पत्रकार, कर्मचारी सबैलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।

 

प्रतिक्रिया दिनुहोस्