काभ्रेलाई प्रदेश नम्बर ३ को राजधानी बनाउदा रामेछापलाई यस्तो फाइदा



४ पुस, रामेछाप ।
रामेछापसँग सीमाना जोडिएको काभ्रे जिल्लाको बनेपालाई प्रदेश नम्बर ३ को राजधानी बनाउन सासदहरुले पहल सुरु गरेका छन् । भौगोलिक, प्राकृतिक र पूर्वाधार विकासको दृष्टिकोणले पनि ३ नम्बर प्रदेशको राजधानी काभ्रेलाई बनाउनु पर्ने पक्षमा सांसदहरु देखिएका छन् । १३ वटा जिल्ला रहेको प्रदेश नम्बर ३ को प्रादेशिक राजधानी बनाउनको लागि सांसदहरुले लविङ थालेका छन् ।

जिल्लाको प्रनिनिधिसभा क्षेत्र नं १ का सांसद गंगाबहादुर तामाङ ९दोङ० ले प्रादेशिक राजधानीका लागि सिफारिश समिति नै निर्माण गरेर काम थालिएको उल्लेख गर्दै त्यसका लागि प्रशासनिक काम भइरहेको जानकारी दिए ।प्रनिनिधिसभा क्षेत्र नं २ का सांसद गोकुल बाँस्कोटाले प्रदेशसभाको सबै विषय निक्र्यौल गर्ने अधिकार प्रदेशलाई भएको कुरामा जोड दिँदै बनेपा नै प्रदेश नं ३ को राजधानी बनाउन उपयुक्त स्थान भएको बताए ।

काभ्रेपलाञ्चोकलाई प्रादेशिक राजधानी बनाउनका लागि सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, रामेछाप, नुवाकोटसमेत सहमत भएको र अन्य जिल्लालाई सहमतिमा ल्याउने प्रयास समेत भएको बताइएको छ । प्रादेशिक राजधानी बनाउन पूर्वाधार विकासका साथसाथै प्रदेशसभाका लागि स्थल छनोटलगायतका काम पनि भइरहेको शहरी विकास डिभिजन कार्यालयले जनाएको छ ।

क्षेत्रीय प्रशासक रेश्मीराज पाण्डे संयोजकत्वमा गठन भएको सिफारिस समितिमा, काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी, सम्बन्धित कार्यालयका प्रमुख, शहरी विकास डिभिजन कार्यालयका प्रमुखलगायत रहेका छन् ।

सो समितिले प्रदेश सभाका लागि बनेपानजिकै रहेको आइटी पार्क, शैक्षिक तालिम केन्द्र र नापी तालिम केन्द्रलाई सिफारिस गरिएको शहरी विकास डिभिजन कार्यालयका प्रमुख अष्टलाल सुवालले जानकारी दिए ।

उनले केही दिनअघि पूर्वाधार विकासका लागि ३१ करोडको हाराहारीको बजेट आवश्यक भएको प्रतिवेदन क्षेत्रीय प्रशासकको कार्यालय, हेटौंडामा पठाइएको बताए ।तीन नं प्रदेश अन्र्तगत सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, रामेछाप, नुवाकोट, रसुवा, धादिङ, चितवन, मकवानपुर, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक पर्छ ।

रामेछापको् सदरमुकाम मन्थलीबाट काभ्रेसको सदरमुकाम धुलिखेल करिब एक सय किलोमिटरको दुरीमा रहेको छ । रामेछापका सासदहरुले पनि काभ्रेको बनेपालाई नै प्रादेशिक राजधानी बनाउनु पर्ने पक्षमा देखिएका छन् ।

रामेछाप प्रदेश सभा क्षेत्र नम्बर २ का सांसद कैलाश ढुंगेलले रामेछाप न्युजसँग भने,‘बनेपालाई नै प्रादेशिक राजधानी बनाउनु पर्छ भन्ने पक्षमा हामी लागेका छौं ।’ उनले बनेपामा रहेको आइटी पार्कको कार्यालयलाई नै प्रयोग गरेर अगाडि बढनु पर्ने बताए । बनेपामा रहेको आइटी पार्क बर्षोदेखि प्रयोग विहीनको अवस्थामा रहेको छ । बनेपालाई प्रादेशिक राजाधनी बनाउदा रामेछापवासीलाई सेवा सुविधाको दृष्टिकोणले फाइदा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्