बनेपालाई नै ३ नम्बर प्रदेशको राजधानी बनाउनु पर्छः श्रेष्ठ



६ पुस, रामेछाप ।
रामेछापका प्रतिनिधि सभाका सांसद श्याम कुमार श्रेष्ठले काभ्रेको बनेपालाई नै प्रदेश नम्बर ३ को राजधानी बनाउनु पर्ने बताएका छन् । उनले पूर्वाधार र केन्द्रको दृष्टिकोणले पनि बनेपालाई नै प्रादेशिक राजधानी बनाउनु पर्ने बताएका हुन् ।

सांसद श्रेष्ठले रामेछापन्युजसँग भने,‘प्रदेश नम्बर ३ मा रहेको १३ वटा जिल्लाको केन्द्र्र बनेपा भएकाले, बनेपालाई नै प्रादेशिक राजधानी बनाउनुको अर्को विकल्प छैन् ।’ उनले बनेपामा रहेको आइटी पार्कलाई नै तत्कालको लागि प्रदेशको राजधानीको कार्यालयको रुपमा उपयोग गर्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्