एकिकृत संयन्त्र वनाएर प्रशासनिक खर्च घटाउनु पर्छ



मेरो अनुभवले भन्छ– १.आजसम्म नेपालमा एउटै प्रकृतिको काम सरकारका विभिन्न क्षेत्र र निकायवाट हुने गरेका छन् ।ग़ैरसरकारी र निजि क्षेत्रवाट पनि भैरहेका छन् तर लगानी अनुसार परिणाम देखिन सकेको छैन । धेरै संस्थाहरुले गर्ने ठूलो प्रशासनिक ख़र्चका कारण पनि यो अवस्था निर्माण भैरहेको छ । काम र क्षेत्रको दोहोरोपन त्यतिकै छ ।

२. अव हामीले कुनै पनि कामको नेतृत्व लिने सरकारी संस्था किटान गरिदिनु पर्दछ र त्यहि सरकारी संस्थाको नेतृत्वमा अन्य सरकारी संस्था, सोहि प्रकृतिको काम गर्ने गैरसरकारी र निजि संघसंस्थाहरुको सहित एकिकृत संयन्त्र वनाएर प्रशासनिक खर्च घटाउने, सवै क्षेत्रको जनशक्ति र अनुभवको संयोजनमा परिणाम दिने गरि काम गर्नु पर्दछ । यसरी काम गर्दा काम र क्षेत्रको दोहोरोपनको समस्या पनि आउदैन ।‘नेतृत्वदायी सरकारी संस्थाको नेतृत्वमा कामको क्षेत्र र प्रकृति अनुसार गैरसरकारी तथा निजी संघसंस्थाहरुको एकीकृत संयन्त्र निर्माण आवश्यक”

प्रतिक्रिया दिनुहोस्