रामेछापेली कम्युनिष्टहरू कुनै हालतमा पन्छिन असम्भव छ



नेकपा (एमाले) र माओवादी केन्द्र अविलम्ब पार्टी एकीकरण गरून् । दुवै पार्टीका केन्द्रका शीर्षस्थ दुई नेता (केपी र पीके) द्वारा गरिएको गोप्य सल्लाहको परिणाम हालै सम्पन्न निर्वाचन हो । यसलाई ख्यालख्याल नआकियोस् । पार्टीका शीर्षस्थ नेताहरूद्वारा पदलोलुपता होईन । त्यागमा प्रतिस्पर्धा गरेको देख्न पाइयोस् ।
कम्तिमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव क.पुष्पलालको जन्मस्थान रामेछापका कम्युनिष्टहरू अब आवस्यकता परे त्यागमा प्रतिस्पर्धा गर्ने कसम खाएका छौं । कहिल्यै नफुट्ने बाचा निर्वाचनकै बेलाको सहकार्यमा जनताहरूकामाझ दर्जनौं महत्वपूर्ण ठाउँहरूमा गरम जोसका साथ प्रतिवद्धता ब्यक्त गरिसकेका छौं ।यसबाट रामेछापेली कम्युनिष्टहरू कुनै हालतमा पन्छिन असम्भव छ । केन्द्र त्यति गर्न सक्दैन ? बिलम्व किन ?

 

प्रतिक्रिया दिनुहोस्