पूर्व वडा अध्यक्ष तामाङको हत्यामा संलग्न पक्राउ, छिट्टै सार्वजनिक गछौः डिएसपी ढुंगेल



१२ पुस, रामेछाप ।
रामेछापको दोरम्बा गाउँपालिका–१ डडुवा थापागाउँका पूर्व वडा अध्यक्ष बाबुराम तामाङको हत्यामा संलग्न व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले घटना संलग्न भएको आशकामा ११ जनालाई पक्राउ गरेको थियो । ११ जना मध्येबाटै तामाङको हत्यामा संलग्न दोषीको पहिचान भइसकेको रामेछापका प्रहरी प्रमुख डिएसी कुमोध ढुंगेलले रामेछाप न्युजलाई जानकारी दिए ।

उनले भने,‘हत्यामा संलग्नको पहिचान भइसकेको छ, अनुसन्धान अन्तिम अवस्थामा पगेको छ, सके आज नभए भोली नै दोषी सार्वजनिक गछौं ।’ जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको प्रहरी निरीक्षक राजेन्द्र थापाको टोलीले १ महिला र १० पुरुषलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्