रामेछापकी विशेषता बुढाथोकीे जितिन अन्तर्राष्ट्रिय उपाधी (भिडियोसहित)



१२ पुस, काठमाडौं ।

रामेछाप खाँडादेवी गाउँपालिका पकरवासकी विशेषता बुढाथोकीले वालिकाहरुको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा बेष्ट अवार्ड सहितको उपाधी जितेकी छिन् ।
बालबालिकासम्बन्धी अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता लिटिल मिस क्विन इन्टरनेसनल २०१७ मा नेपालका तर्फबाट सहभागी विशेषतले प्रतिस्पर्धामा बेस्ट अफ द बेस्ट अवार्डसहित फस्ट रनर्सअपको उपाधी जितेकी हुन् ।

ब्राजिलको साउपाउलोस्थित होटेल नोभोटेल जारगुवा कन्भेन्सन सेन्टरमा सम्पन्न प्रतियोगितामा विशेषताले डिजाइनर उत्तम बनेपालीले तयार पारेको जीवित देवी कुमारीबाट अभिप्रेरित पोशाकले बेस्ट ड्रेस विधाको अवार्ड पनि जितेकी छन् ।

लिटिल मिस क्विन इन्टरनेसनलको फाइनल स्पर्धामा नेपालकी विशेषतासहित विश्वका ३१ देशका लिटिल मिस क्विनको सहभागिता रहेको थियो । विशेषतालाई प्रतियोगितामा नेपालको आधिकारिक संस्था ई–प्लानेट प्रालिले पठाएको हो ।

यसअघि विशेषताले टर्कीको बोड्रममा सम्पन्न लिटिल मिस एन्ड मास्टर वल्र्ड युनिभर्स २०१७ मा लिटिल मिस प्लानेट तथा लिटिल मिस ट्यालेन्ट विधाको अवार्ड जितेकी थिइन् । १० वर्षीया विशेषता बालुवाटारस्थित जोन डेवी स्कुलमा कक्षा ५ अध्ययनरत छात्रा हुन् ।
उपाधी विजेता विशेषता बुढाथोकीले उपाधी पाएको धेरै खुसी रहेको बताइन । उनले रामेछाप न्युजसँग भनिन–नेपालको झण्डा विश्व सामु चिनाउन पाएकोमा खुसी छु ।’ विशेषताका बुबा होमवहादुर बुढाथोकी नेकपा एमालेका केन्द्रीय लेखा आयोगका सदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस्