प्रदेशसभामा समानुपातिकतर्फ कुन दलबाट कति सांसद ? (सूचीसहित)



१४ पुस, काठमाडौं ।
१३ राजनीतिक दलले प्रदेशसभा सदस्यका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा समावेश भएका नाममध्ये सम्बन्धित दलले प्राप्त गरेको सीट संख्याका आधारमा निर्वाचित हुनुपर्ने उम्मेदवारको नाम निर्वाचन आयोगमा बुझाएका छन् ।

प्रदेशसभामा समानुपातिकतर्फ नेकपा एमाले ७५, नेपाली काँग्रेस ७२, नेकपा माओवादी केन्द्र ३५, संघीय समाजवादी फोरम नेपाल १३, राष्ट्रिय जनता पार्टीे नेपाल १२, राप्रपा र विवेकशील साझा पार्टी तीन÷तीन, राष्ट्रिय जनमोर्चा दुई तथा नयाँ शक्ति पार्टी नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल संघीय समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले एक/एक सीट प्राप्त गरेका छन् । समानुपातिक सांसद पाउने दलहरुले निर्वाचन आयोगमा आ–आफ्नो पार्टीबाट नामावली बुझाएका छन् ।

समानुपातिक तर्फ प्रदेश नं १ मा ३७, प्रदेश नं २ मा ४३, प्रदेश नं ३ मा ४४, प्रदेश नं ४ मा २४, प्रदेश नं ५ मा ३५, प्रदेश नं ६ मा १६ र प्रदेश नं ७ मा २१ गरी कुल २२० कायम गरिएको छ ।प्रदेशसभा संसदमा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत हुनुपर्ने संवैधानिक प्रावधानअनुसार समानुपातिकतर्फ पुरुषको तुलनामा महिलाहरु बढी परेका छन् ।
आयोगले दलहरुले दिएको नाममाथि शनिबार छानबिन गर्ने र समावेशी सिद्धान्तअनुसार सिफारिश नपठाउने राजनीतिक दललाई पुनः नाम सञ्चाउन आइतबार तीन दिनको समय प्रदान गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्