रामेछापकी चेली भावना सुनुवारले जितिन स्वर्ण



१६ पुस, काठमाडौं ।
भावना सुनुवार र अरहान्तकेशर सिंह राखेप च्याम्पियनसिप अन्तर्गत १०औँ राष्ट्रिय स्क्वास प्रतियोगिताको सिंगल्समा स्वर्ण जितेका छन् । सातदोबाटोमा भएको पुरुष सिंगल्स फाइनलमा अरहान्तले पश्चिमाञ्चलका अमृत थापामगरलाई ८–११, ११–९, ११–५ र ११–७ को सेटमा पराजित गरे ।

मध्यमाञ्चलका चिरी लामा र राजेन्द्र शाक्य तेस्रो भए । अरहान्तले प्रतियोगतामा २ स्वर्ण जिते । उनीसँगै सुदीपबहादुर सिंह, चिरी लामा र विनोदरत्न शाक्यको मध्यमाञ्चल टोलीले स्वर्ण जितेको हो । महिला फाइनलमा भावनाले पश्चिमकै कृष्णा थापालाई ११–६, ११–६, ६–११ र ११–७ को सेटमा हराइन् ।


१० पुसदेखि सुरु प्रतियोगितामा तीन विकास क्षेत्र (मध्यमाञ्चल, पूर्वाञ्चल र पश्चिमाञ्चल) तथा एक विभागीय टोली (नेपाल प्रहरी)का ४४ खेलाडी सहभागी थिए । ३२ पुरुष र १२ महिला खेलाडीले प्रतिस्पर्धा गरेको प्रतियोगितामा पुरुष÷महिला सिंगल्स तथा पुरुष टिम इभेन्ट गरी तीन पदकको लागि भिडन्त भएको थियो । स्वर्ण पदक विजेता सुनुवार रामेछाप निवासी हुन् । यस अघि पनि विभिन्न प्रतियोगितमा पदक जित्दै आएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्