यस्ता छन सात वटै प्रदेशको अस्थायी राजधानी, तीन नम्बर प्रदेशको कहा ?



१८ पुस, काठमाडौं ।
निर्वाचन भएको एक महिनापछि सरकारले सरकारले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेर घोषणा गर्ने तयारी गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शहरी विकास मन्त्रालयले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको हो । शहरी विकास मन्त्रालयका अनुसार प्रदेश नंं १ को विराटनगर, प्रदेश नंं २ को जनकपुर, प्रदेश नंं ३ को भक्तपुरको ठिमी, प्रदेश नंं ४ को पोखरा, प्रदेश नंं ५ को दाङ, प्रदेश नंं ६ को सुर्खेत र प्रदेश नंं ७ को धनगढी अस्थायी मुकाम तोकिएको छ । शहरी विकास मन्त्रालयले स्थलगत अध्ययनपछि ती ठाउँ उपयुक्त हुने भएपछि मुकाम राख्नका लागि प्रस्ताव गरेको हो ।

मन्त्रालयका सहसचिव राजेन्द्र पौडेलको टोलीले प्रत्येक प्रदेशका सबै ठाउँको स्थलगत अध्ययन गरी ती स्थानमा मुकामको प्रस्ताव गरेको हो ।
अस्थायी रुपमा तोकिएका ती मुकाम प्रदेश सरकारले पुनः हेरफेर गर्न सक्नेछ । संवैधानिक रुपमा प्रदेश सरकारको दुई तिहाइ बहुमतले तोक्न सक्नेछ । भौतिक पूर्वाधार, कर्मचारीको उपलब्धता, सञ्चार, साधनको उपलब्धता र विद्युत् आपूर्तिको हिसाबले ती अस्थायी सरकारमुकाम तोक्न प्रस्ताव गरेको शहरी विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश नम्बर ३ को प्रादेशिक राजधानी काभ्रेको बनेपा बनाउनु पर्ने प्रस्ताव गरिएपछि शहरी विकास मन्त्रालयले भक्तपुरको ठिमीमा प्रस्ताव गरेको छ ।

प्रतिक्रिया दिनुहोस्