रामेछापका सिडियो भन्छन–झुट्टो विवरण देखाएर नागरिकता लिनेलाई ३ बर्ष जेल



२० पुस, रामेछाप ।
रामेछाका प्रमुख जिल्ला अधिकारी दिलीपप्रसाद लामेछानेले फर्जी नागरिता दिलाउने र सिफारिस गर्ने व्यक्तिहरुलाई कानुन अनुसार कारवाही हुने बताएका छन् । उनले रामेछापको उमाकुण्ड गाउँपालिका–७ मा वडा अध्यक्षको सिफारिसमा नक्कली आमाले गैर व्यक्तिलाई नागरिकता बनाइदिएको विषय सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय रामेछापले दोषीमाथि कारवाही प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ ।

प्रजिअ लामेछापले दोषीलाई कानुनी कारवाहीमा ल्याउनको लागि प्रहरीलाई पत्राचार गरिने बताए । उनले रामेछाप न्युजसँग भने,‘झुट्टो विरवरण दिएर नागरिकता लिने व्यक्तिलाई १ बर्ष कैद पचास हजार देखि एक लाखसम्म जरिवारना हुन्छ, नागरिता दिलाउन सनाखत वा सिफारिस गर्ने व्यक्तिलाई ६ महिना जेल तीन बर्षसम्म जरिवाना, पचास हजारदेखि एक लाख रपैयाँसम्म जरिवाना हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्