रामेछापमा फर्जी नागरिकता प्रकरणः नक्कली आमा र नक्कली छोरा पक्राउ



२१ पुस, रामेछाप ।
रामेछापको उमाकुण्ड गाउँपालिका–७ भुजीबाट नक्कली आमा बनाएर नागरिकता लिने नक्कली छोरालाई प्रहरीले पक्राउ गरेको छ । भुजीकी दुनिमाया सुनुवारलाई नक्कली आमा बनाएर मोरङका एक व्यक्तिले निसास सुनवारबाट जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएको खुलासा भएपछि प्रहरीले पक्राउ गरेको हो ।

भुजीका वडा अध्यक्ष रुद्रमणी नेवारलाई झुक्याएर सिफारिस लिएका मोरङ घर भएका ती व्यक्तिले ब्रिटिस आर्मीमा भर्ना हुनको लागि रामेछापबाट नागरिकता लिनुको साथै राहदानी समेत बनाएको खुलेको छ ।

प्रहरील आमा बनेर सनाखत गर्ने दुनिमाया सुनुवार, नक्कली छोरा बनेर नागरिकता लिने व्यक्ति र नागरिकता दिलाउन दलालीको भूमिका खेल्ने दुनिमायाको दिदीको छोरा हरि राईलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका इनेस्पेक्टर राजेन्द्र थापाले गैरकानुनी रुपमा नागकिरता लिने र दिलाउन सहयोग गर्ने तीन व्यक्तिलाई पक्राउ गरेको रामेछाप न्युजलाई जानकारी दिए । फर्जी नागरिकता लिएको खुलासा भएपछि जिल्ला प्रशासन कार्यालय रामेछापले पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्