जनअभिमतको विरुद्धमा जानेको भविष्य समाप्त हुन्छ



टंकलाल घिसिङ ‘टलक’

माओवादी केन्द्र र एमालेका बीचमा पार्टी एकताको एजेन्डालाई जनताले अनुमोदित गरिसकेका छन् । जनअभिमतको विरुद्ध जाने कुनै पार्टी वा नेता नेपाली जनताको नजरमा धोकेबाज तथा गद्दार सावित हुनेछ र उसको भविष्य समाप्त हुनेछ भने त्यसपछि दुवै पार्टीका साथै नेपालको समग्र कम्युनिस्ट आन्दोलन कमजोर हुनेछ । त्यसैले दुवैलाई पार्टी एकताबाट भाग्ने छुट छैन ।

दुई पार्टीका बीचमा समानताका आधारमा एकता हुने र नयाँ पार्टी निर्माण हुने हो । कुनै एउटा पार्टी अर्कोमा विलय हुने वा विलय गराउने होइन । यो कुरा दुवै पार्टीको नेतृत्व र आम कार्यकर्ताले बुझ्नु र सोही अनुसार व्यवहार गर्नु जरुरी छ । तसर्थ यो प्रक्रियामा एउटा पक्षले अर्को पक्षलाई सबै आफ्नो कुरा लाद्न न सम्भव छ, न त आवश्यक नै ।

मुलुकको यो परिवर्तनका खातिर दुई पार्टीबाट निभाएको भुमिकालाइ सम्बोधन गर्दै अब अघि बढ्न नयाँ कार्यदिशा निर्माण गर्ने बिषय नै मुख्य कार्यभार हो । त्यो कार्यदिशाको प्रस्थान बिन्दु दुई पार्टीबीच भएको ६ बुँदे समझदारी हो ।

त्यसको जगमा आगामी ५ बर्षको लगि सरकार संचालनको लागि समेत संयुक्त घोषणा पत्र र प्रतिबद्धता पत्र मार्फत जनतामाझ सार्बजनिक भई जनताले निर्वाचन क्रममा स्वागत गरिसकेका छन । यसर्थ अनावश्यक शंका वा भ्रममा नपर्न तथा पानी धमिलो बनाई आफ्नो स्वार्थ सिद्द गर्न पल्केका हरुको सपना तुहिने छन । जनादेशप्रति लाल सलाम ।

प्रतिक्रिया दिनुहोस्