नक्कली फेसबुक पेज बनाउनेलाई कुलमानले दिए चेतावनी



३० पुस, काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो नाममा नक्कली फेसबुक पेज बनाएर गलत सूचना प्रकाशित गरेकोप्रति असन्तुष्टि जनाएका छन् । उनले आफ्नो फोटो राखेर नक्कली फेसबुक पेज बनार गलत सूचना पोष्ट गर्नेहरुलाई भ्रम सृजना गर्ने काम नगर्न नेतावनी पनि दिएका छन् ।

उनले आफ्नो आधिकारीक फेसबुक पेजमा लेखेका छन–मेरो नक्कली फेसबुक पेज वनाएर विभिन्न गलत सुचनाहरु पोस्ट गरेको पाईएकोले यस्तो सुचना पोस्ट नगरि दिनुहुन र यस्ता गलत पोस्टमा विश्वास् नगरि दिनु हुन हार्दिक अनुरोध छ । मेरो यस फेसबुक पेजबाट अत्यन्त जरुरी सुचना बाहेक अरु सुचना पोस्ट नगर्ने गरेको समेत जानकारि गराइन्छ ।’

प्रतिक्रिया दिनुहोस्