रामेछापमा १२ वटा एम्बुलेन्स सञ्चालनमा कहाँ कति ? (सूची र फोन नम्बर सहित)



३० पुस, रामेछाप ।
रामेछाप जिल्लाको ८ वटा स्थानीय तहमा जम्मा १२ वटा मात्र एम्बुलेन्स सञ्चालनमा रहेका छन् । रामेछापका ८ स्थानीय तहको ६४ वडामा सडक सञ्जाल जोडिएपछि एम्बुलेन्स सञ्चालनमा सहजता भएको छ । तर जिल्लामा रहेका सबै एम्बुलेन्स सञ्चालन नहुँदा बिरामीका आफन्तहरुले हैरानी खेप्न परेको छ ।

सरकार र दाताहरुले दिएको केही एम्बुलेन्स भने सञ्चालनमा आउन सकेको छैन् । उचित व्यवस्थापन हुन नसक्दा पाँच वटा भन्दा बढी एम्बुलेन्स काम नै नलग्ने गरी विग्रिएर थन्किएका छन् ।

एम्बुलेन्सको माग धेरै पनि माग अनुसार एम्बुलेन्सको संख्या नरहेको रामेछापका प्रमुख जिल्ला अधिकारी दिलीपप्रसाद लामेछानेले रामेछाप न्युजलाई बताए । रामेछापमा सञ्चालनमा रहेका एम्बुलेन्स सञ्चालन गर्नको लागि प्रमुख अधिकारीको अध्यक्षमा जिल्ला एम्बुलेन्स सञ्चालक समिति गठन गरिएको छ । जिल्लाभर सञ्चालन हुने एम्बुलेन्सको तथ्याङक जिल्ला स्वास्थ्य कार्यालयले राख्ने गरेको छ ।
रामेछापमा १५ वटा एम्बुलेसको खाँचो
रामेछाप जिल्लामा १२ वटा एम्बुलेन्स बाहेक अझै १५ वटा एम्बेलन्सको आवश्यकता रहेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार बिरामी पर्दा वा दुर्घटनामा परेकाहरुलाई समयमा नै अस्पताल पुर्याउनको लागि अझै पनि १५ वटा एम्बुलेन्स आवश्यक रहेको जनाएको छ । स्वास्थ्य मन्त्रालयले एकै पटक ठूलो संख्यामा उपलब्ध गराउन सक्ने अवस्था नभएपछि दातृ निकाय र सहयोगी व्यक्तिहरुले पहल गरेको अवस्थामा मात्र आवश्यक भएको एम्बलेन्स उपलब्ध हुनेछ ।
६ वटा एम्बुलेन्स आउदै
जिल्ला स्वास्थ्य कार्यालय रामेछापले विभिन्न ६ वटा समितिलाई एम्बुलेन्स खरिदको लागि सिफारिस दिएको छ । समिति मार्फत नै सम्बन्धित स्वास्थ्य चौकी र समुदायले एम्बेलेन्स खरिद गर्नेछन । एम्बुलेन्स खरिद गर्दा सरकारले भन्सारमा लाग्ने कर छुट दिन्छ ।
एम्बुलेन्स ल्याउन सजिलो, सञ्चालन गर्न कठिनाईः फुयाल
जिल्ला स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य निरीक्षक केशवराज फु्यालले जिल्लामा एम्बुलेन्स ल्याउन भन्दा पनि व्यवस्थापन र सञ्चालनमा कठिनाइ रहेको बताए । उनले रामेछाप भने,‘अहिले जति एम्बुलेन्स आएका छन, तर व्यवस्थापन र सञ्चालन गर्न उत्तिकै कठिनाई छ ।’

स्थानीय तहमा रहेका एम्बुलेन्स स्वास्थ्य चौकी मार्फत नै सञ्चालन हुदै आएको छन् । फुयालका अनुसार एम्बुलेन्स सञ्चालन गर्नको लागि सम्बन्धित स्वास्थ्य चौकी अन्तर्गत समिति गठन गरेर नै सञ्चालन हुँदै आएको छ । उनले भने,‘एम्बुलेन्स सञ्चालन र व्यवस्थापन गर्नको लागि स्थानीय तहले बजेट व्यवस्थापन गर्ने कार्यमा धेरै चासो देखाएको देखिएन ।’ स्वास्थ्य चौकीमा एम्बुलेन्सको लागि पर्याप्त बजेट नहुने र स्थानीय तहले ड्राइभर र मर्मतको लागि पैसा नदिदा भएका एम्बुलेन्स पनि थन्किने अवस्थामा पुगेका छन् । उनका अनुसार मन्थली स्वास्थ्य केन्द्र, बिजुलीकोट, बेथान सालुमा रहेका एम्बुलेन्स अहिले थक्किएर बसेका छन् ।

हेर्नुस रामेछापमा कहाँ कति एम्बुलेन्स (सूची र फोन नम्बर सहित)

 

प्रतिक्रिया दिनुहोस्